गर्भवतीको हेलिकप्टर मार्फत उद्धार

बाजुरा । बाजुरामा एक गर्भवतीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्ला अस्पतालमा उपचाररत बडीमालिका नगरपालिका–९ की २१ वर्षीया सम्झना सुनारको आज हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार गर्भवती सुनार जिल्ला अस्पतालमा सुत्केरी हुन आएका थिए । उनको अवस्था जटिल भएपछि थप उपचारका लागि हेलिकप्टरमा कैलालीको धनगढीस्थित प्रादेशिक अस्पताल लगिएको प्रजिअ पौडेलले जानकारी दिए ।
महिला तथा बालबालिका मन्त्रालयमा पहल गरेर राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत गर्भवती सुनारको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । यस्तै बिहीबार पनि जिल्ला अस्पतालमा शल्यक्रिया गरी शिशु जन्माएकी हिमाली गाउँपालिका–१ की २२ वर्षीया सुस्मिता खड्काको पनि नेपाली सेनाको हेलिप्टर मार्फत उद्धार गरिएको थियो । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २९, बुधबार १३:४९जलवायु परिवर्तनसँगै पूर्वाधार विकास, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा
खेलकुद२०८२ माघ २९, बुधबार ०८:५१राष्ट्रिय टी–२० क्रिकेट पर्सीदेखि « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ माघ २९, बुधबार ०८:३२वैशाख १८ लाई रिलिज डेट तय गर्दै ‘लालीबजार’को टिजर सार्वजनिक
समाचार२०८२ माघ २९, बुधबार ०६:१७उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने








