अनिल र आकाशलाई समेट्दै २ टी-२० सिरिजका लागि नेपाली टिमको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड र भारतसँग खेल्ने २ टी-२० सिरिजका लागि नेपाली टिमको घोषणा गरेको छ । क्यानले आज रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । टिममा अनिल कुमार साह र आकाश चन्द पनि समेटिएका छन् ।
आयरल्यान्ड ‘ए’ टोलीले नेपालको सिनियर टोलीसँग यही चैत ११ र १२ गते ट्वान्टी ट्वान्टी खेल खेल्नेछ । भने भारतका प्रादेशिक टीम गुजरात र बरोडासँग चैत १७ गतेदेखि त्रिकोणात्मक सिरिज खेल्नेछ ।
नेपाली टोली:
रोहित पौडेल (कप्तान), असिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनास बोहरा, आकाश चन्द ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ६, बुधबार १२:३९चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि ‘‘सर्टलिस्ट’मा परे १२ जना, को को ?
खेलकुद२०८३ श्रावण ५, मंगलवार २३:४३ला लिगा प्रमुखको आरोपः ‘फिफाले फुटबल उद्योगलाई ध्वस्त पार्दैछ’
खेलकुद२०८३ श्रावण ५, मंगलवार २१:५०नेपाल नामिबियासँग पराजित « रिपोर्टर्स नेपाल
समाचार२०८३ श्रावण ५, मंगलवार १९:२५नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता









