पर्यटकीय गन्तव्य बन्दै दुधपोखरी सामुदायिक होम स्टे

विनासकारी भूकम्पले क्षतिग्रस्त लमजुङ जिल्लाको दुधपोखरी गाँउ पालीका यातायातको दृष्टिले अत्यन्त ग्रामीण भेगमा रहेको पुर्वी भागमा अवस्थित यस दुधपोखरी सामुदायिक होमस्टे पर्यटकको गन्तब्य स्थल बनेको छ। लमजुङ जिल्लाको दुधपोखरी गाँउ पालीका भुम्लिचोक गाँउको २५घरमा होमस्टे व्यवस्थापन गरियको छ। दैनिक १५ जना को हाराहारीमा स्वदेशी तथा विदेशी घुम्न आउने गरेको होमस्टे सन्चालीका तथा समाजसेवी तुलसी गुरुङले बताउनुभयो।एक दिनमा २५ जना सम्म ब्यबस्थापन गर्न सकिने क्षमता रहेको गुरुङले बताउनुभयो। होमस्टे मा अर्गानिक खानाको परिकारको साथै स्थानीय खसी, कुखुराको मासु , सिस्नोको खोले,कोदाको ढिडो खुवाउने गरियको छ। पछिल्ला दिनहरूमा होमस्टेमा बस्न आन्तरिक तथा बाह्य पर्यटक हरू आउन थालेका छन्। त्यस्तै यस ठाउँको प्रचार प्रसारका साथै आया आर्जन को माध्यम बन्न पुग्दा स्थानीय बासी आकर्षित भयका छन्।
गुरुङ जातिको बस्ती रहेको उक्त ठाउँ मा स्थानीयको कला संस्कृति परम्परा संस्कृति लाई जोगाउने प्रवधन गर्ने खालका कला संस्कृति देख्न सकिन्छ

साथ साथै माले खोला साततले झरना, करिब १९००मिटर अग्लो देउराली डाँडा बाट सुर्यदय उदायको हिमाली दृश्यावलोकनका साथै गोरखा जिल्लाका विभिन्न भागहरू एकसाथ अबलोकन गर्न सकिने भयकोले यो नै पर्यटकको लागि प्रमुख आकर्षण बन्न पुगेको छ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १८, शनिबार ०७:४०मुस्ताङको दिगो पर्यटन र वातावरण संरक्षणमा ‘एक्याप’: पूर्वाधार निर्माणदेखि वन्यजन्तुमैत्री खेतीसम्मका योजना
समाचार२०८२ माघ १७, शुक्रबार १४:०१मुस्ताङमा एक्यापको अर्धवार्षिक प्रगति समीक्षा: हिउँ चितुवा व्यवस्थापन र पर्यटक वृद्धिलाई प्राथमिकता
समाचार२०८२ माघ १५, बुधबार १०:१८ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
समाचार२०८२ माघ १४, मंगलवार १९:४१टोकनचौरमा कृषि क्रान्ति: अनुसन्धान केन्द्रको प्रविधिले फेरिँदै मगर बस्तीको मुहार








