मुगुमा परीक्षा भइरहेकाे हलकाे तस्वीर खिच्न नपाइने

माध्यमिक शिक्षा परीक्षामा मुगुमा १ हजार ७५ जना परीक्षार्थीहरु रीक्षामा सामेल भएका छन् । जसमा ५ सय ३९ जना छात्र तथा ५ सय ३५ जना छात्रि परीक्षामा सामेल भएको शिक्षा बिकास तथा समन्वय इकाई मुगुका सूचना अधिकारी खडक बहादुर भियालले बताउनुभयो ।
परीक्षाकालागि जम्मा ८ वटा परीक्षा केन्द्र रहेका छन् । परीक्षामा ५६ जना परीक्षार्थी प्राविधिक धारका छन् भने ६ जना अघिल्लो वर्षको परीक्षाफलको ग्रेड वृद्धि गर्न परीक्षामा सामेल भएका छन् ।
परीक्षा मर्यादित ढंगले सम्पन्न हुने शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख सुयं बहादुर खत्रिले बताउनुभयाे।
परीक्षाको अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी टाेपेन्द्र के.सिकाे नेतृत्वमा सरोकारवाला सम्मिलित टोली पनि खटिएको छ ।
परीक्षा भइरहेकाे हलकाे तस्बिर खिच्न नपाइने निर्णय जिल्ला परीक्षा समन्वय समिति मुगुले गरेकाे छ । शिक्षा विकास तथा समन्वय इकाइसँग समन्वय गरी आधिकारिक परिचय पत्र सहित बाहिरी वातावरणको मात्र पर्यवेक्षण गर्न सकिने सुचना अधिकारीले जानकारी दिनुभयाे ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २, शनिबार ०९:१४‘जदौ’ को जदौ हजुरमा नीति,प्रभात र राजश्रीको त्रिकोणात्मक सम्बन्ध
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १, शुक्रबार १७:४५“खुला पत्र” पोस्टपेड सिममा लाग्ने मासिक रेन्टल शुल्क हटाउने/ घटाउने सम्बन्धमा
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १, शुक्रबार १६:४१‘पेन्सन पट्टा’ को पहिलो गीत सार्वजनिक, दयाहाङ, बुद्धि र विल्सनसँगै गौमाया
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १, शुक्रबार १६:११चलचित्र ‘हजारौँमा एक’ निर्माण घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने









