कम शो दिइएको भन्दै एनिमेटेड फिचर फिल्म ‘सलिना’ले गर्यो रिलिज स्थगित

काठमाडौं। कम शो दिइएको भन्दै नेपालको पहिलो एनिमेटेड फिचर फिल्म दाबी गरिएको ‘सलिना’ले आफ्नो पूर्व निर्धारित रिलिज स्थगीत गरेको छ।
चलचित्र भोलि शुक्रबार रिलिज हुने घोषणा भएको थियो। तर अन्तिम समयमा आएर बिना प्रचारप्रसार रिलिज मिति घोषणा गरेको सिनेमा नचलाउनु भनेर निर्माताले भनेकाले आफूहरुले रोकेको जानकारी वितरकले दिएका छन्।
फिल्मका वितरक मनोज राठीले निर्माताले फिल्म नचलाउन भनेपछि आफूहरूले रोकेको बताए। सिनेमाको निर्माताले विभिन्न संचारमाध्यममा नेपालकै पहिलो एनिमेटेड फिल्मलाई हलले प्रोत्साहन नगरेको आरोप लगाएका छन्।
उनले प्रोत्साहन गर्नुको साटो कम शो दिएर हेपेको आरोप लगाए। रिलिज स्थगीत गर्नुको पछाडि कम शो र एसईई परीक्षालाई पनि मुख्यकारण मानिएको छ।
‘सलिना’ले रिलिज स्थगित गरेसँगै यो शुक्रवार नेपाली सिनेमाघरमा विदेशी सिनेमामात्र रिलिज हुने भएको छ। रिलिज स्थगीत यस फिल्मको नयाँ रिलिज मितिका बारेमा कुनै टुङ्गो लागिसकेको छैन।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ७, आईतवार २२:५६ललितपुरकी तिशा शाक्यले जितिन् मिस नेवाः नेपालको ताज
समाचार२०८३ भाद्र ७, आईतवार २०:४७लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ७, आईतवार १६:४१चलचित्र ‘बेहुली’को रोमान्टिक गीत ‘म भईन भने’ सार्वजनिक
समाचार२०८३ भाद्र ७, आईतवार १३:४२वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने









