हेर्नुस् कस्तो बन्यो ‘ब्याड ब्वाईज’को चौथो सिरिजको ट्रेलर

हलिउड एक्सन-कमेडी फ्रान्चाइज ‘ब्याड ब्वाईज’को चौथो सिरिजको ट्रेलर सार्वजनिक भएको छ ।
ट्रेलरमा विल स्मिथ र मार्टिन लरेन्सको जोडी आफ्नो पुरानै अन्दाजमा जासूसको भूमिकामा देखिएका छन् ।
चौथो सिरिजको नाम ‘ब्याड ब्वाइज : राइड वा डाइ’ राखिएको छ।
३ मिनेट ५ सेकेण्ड लामो ट्रेलरमा अघिल्लो सिरिजको झलकलाई समेत समेटिएको छ।
ट्रेलरमा सिनेमाले अमेरिकाको मियामीका पूर्वकप्तान कोनराड होवार्डले धेरै वर्षदेखि औषधि उत्पादन गर्ने कम्पनीमा काम गरिरहेको खुलासा गरिएको छ। विलले यो खुलासा क्याप्टेन होवार्डलाई फसाउनका लागि गरिएको हो।
यो परिस्थितिमा उनीहरुलाई देशलाई बचाउनु मात्रै होइन, शत्रुलाई पनि नष्ट गर्नुपर्नेछ ।
यस्तै कुरा समेटिएको ट्रेलरमा विल र मार्टिनको सदाबहार नोकझोकलाई समेत प्रस्तुत गरिएको छ। सिनेमाले यस फ्रान्चाइजका प्रशंसकहरुलाई आकर्षित गर्न सक्छ।
यो सिनेमा जुन ७ मा रिलिज हुनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २२, सोमबार १२:४८‘बाः एक योद्धा’ को पोस्टरमा खुसी र तनाव
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २२, सोमबार १२:१७बीपी प्रतिष्ठानका उच्च तहका कर्मचारीको सम्पत्ति छानबिन गर्ने
खेलकुद२०८३ असार २२, सोमबार १०:२७एनपीएल तेस्रो सिजनको खेलाडी अक्सन आज « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार २२, सोमबार ०८:५८‘मोडल हन्ट नेपाल २०२६’को लागि ४२ प्रतियोगी छनौट









