Home खेलकुद लोकेशको शतकको बाबजुद आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ पराजित

लोकेशको शतकको बाबजुद आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ पराजित

2
Google search engine

पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए विरुद्ध नेपाल ‘ए’पराजित भएको छ ।

ओपनर लोकेश बमको शतकको बाबजुद नेपाल ए आयरल्याण्ड ए सँग २१ रनले पराजित भएको छ ।

२२३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ए १९।३ ओभरमा २०१ रनमा अलआउट भयो ।

नेपालका लागि लोकेश बमले आक्रामक सतक प्रहार गरेपनि जितका लागि पर्याप्त हुन सकेन । उनले ५६ रनमा १०६ रन बनाएर आउट भए ।

लोकेश र आरिफ शेखले चौथो विकेटका लागि १ सय २१ रनको साझेदारी गरेका थिए । आरिफ ४९ रनमा आउट भए । कप्तान विनोद भण्डारी १७ जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

१६ ओभरमा १८९–४ रनको सहज अवस्थामा रहे पनि यसपछि लगातार विकेट जाँदा नेपालले खेल गुमाएको हो । अन्तिम चार ओभरमा ३४ रन आवश्यक हुँदा नेपालले १६ ओभरपछि बाउन्ड्री नै प्रहार गर्न सकेनन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here