लोकेशको शतकको बाबजुद आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ पराजित

पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए विरुद्ध नेपाल ‘ए’पराजित भएको छ ।
ओपनर लोकेश बमको शतकको बाबजुद नेपाल ए आयरल्याण्ड ए सँग २१ रनले पराजित भएको छ ।
२२३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ए १९।३ ओभरमा २०१ रनमा अलआउट भयो ।
नेपालका लागि लोकेश बमले आक्रामक सतक प्रहार गरेपनि जितका लागि पर्याप्त हुन सकेन । उनले ५६ रनमा १०६ रन बनाएर आउट भए ।
लोकेश र आरिफ शेखले चौथो विकेटका लागि १ सय २१ रनको साझेदारी गरेका थिए । आरिफ ४९ रनमा आउट भए । कप्तान विनोद भण्डारी १७ जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
१६ ओभरमा १८९–४ रनको सहज अवस्थामा रहे पनि यसपछि लगातार विकेट जाँदा नेपालले खेल गुमाएको हो । अन्तिम चार ओभरमा ३४ रन आवश्यक हुँदा नेपालले १६ ओभरपछि बाउन्ड्री नै प्रहार गर्न सकेनन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान









