चलचित्र ‘इश्वर’ २०८१ मंसिर १४ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं । राजु गिरीको निर्देशनमा बनेको चलचित्र ‘इश्वर’को पोस्टर सार्वजनिक गर्दै २०८१ मंसिर १४ गतेलाई रिलिज मिति घोषणा गरिएको छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको चलचित्र को मुख्य भुमिकामा पृथ्वीराज प्रसाईं, ध्रुब थापा, अनु शाह, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रबिन्द्र झा, बुद्धि तामाङ, शिशिर बाङ्देल,सबिन बास्तोला र गीता अधिकारीको अभिनय रहेको छ ।
चलचित्रको पोस्टरमा सुनील थापा, बुद्धि तामाङ, रविन्द्र झा, माओत्से गुरुङ, शिशिर वाङ्देल, पृथ्वीराज प्रसाई, अनु शाह, ध्रुव थापा फिचर्ड छन् । ध्रुवबाहेक अन्यको अनुहारमा त्रासको भाव देखाइएको छ ।
दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व छ । चलचित्रको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २७, मंगलवार १२:०८सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक,निरुता सिंहको फरक लुक्स
समाचार२०८३ आश्विन २७, मंगलवार ०७:२८पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना
समाचार२०८३ आश्विन २७, मंगलवार ०६:३१संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा
समाचार२०८३ आश्विन २६, सोमबार १६:३७बाढी प्रभावितलाई आईएसटी कलेजको सहयोग









