अमेरिकामा ४२ प्रतिशतले घट्यो१५ दिनमा सङ्क्रमण, चीनले पनि आफ्ना नागरिकलाई खोप लगाउँदै

अमेरिकामा ४२ प्रतिशतले घट्यो१५ दिनमा सङ्क्रमण, चीनले पनि आफ्ना नागरिकलाई खोप लगाउँदै

पछिल्लो दुई हप्तामा अमेरिकामा कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या ४२ प्रतिशतले कम भएको छ । दुई हप्ताको यस अवधिमा कोरोना सङ्क्रमणका कारण हुने मृत्युदर २२ प्रतिशतले घटेको समाचारसंस्था एपीले जनाएको छ । खोप लगाउनेको सङ्ख्या बढेसँगै कोरोना सङ्क्रमण र मृत्युदर दुवै कम भएको हो ।
अमेरिकामा ४२ दशमलव ६ प्रतिशत मानिसले पूर्ण अर्थात दुवै मात्रा खोप लगाइसकेका छन् । झण्डै ५२ प्रतिशत मानिसले खोपको पहिलो मात्रा लगाएका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा १४ हजार दुई सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन सय ९४ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।
यसैबीच चीनले पनि आफ्ना नागरिक जहाँ छन् त्यही ठाउँमा कोरोना विरुद्धको खोप दिइरहेको बताएको छ । अहिलेसम्म एक सय ५० वटा देशमा रहेका आफ्ना ११ लाख ८० हजार नागरिकलाई चिनियाँ खोप दिइसकेको चीनको परराष्ट्र मन्त्रालयलाई उदृत गर्दै चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ । त्यस्तै चीनमा रहेका दुई लाखभन्दा बढी विदेशीहरुलाई पनि चीनले कोरोनाविरुद्धको खोप लगाइदिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *