मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान

मकवानपुर, १७ मङ्सिर
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । उहाँले आज दिउँसो १ बजेका लागि बैठक बोलाउनुभएको हो । गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।
प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिनुभयो । बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने जनाइएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ४, बुधबार २१:०८रामकृष्ण ढकाल निर्मित ‘मालती मंगले’को शीर्ष गीत सार्वजनिक
समाचार२०८२ चैत्र ४, बुधबार २०:५९आयोगले प्रतिवेदन बुझाएसँगै दलको नेता चयनमा प्रवेश गर्ने रास्वपाको तयारी
समाचार२०८२ चैत्र ४, बुधबार १७:३३नीलकण्ठ नगरपालिकामा सहकारी पदाधिकारीका लागि क्षमता विकास तालिम
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ४, बुधबार १०:५५सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ को उत्कृष्ट पाँच सार्वजनिक








