पोखरा बैठकका निर्णय कार्यान्वयन गर्न साझा धारणा बनाउँदै मुख्यमन्त्रीहरु

मकवानपुर- संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न हिजोदेखि हेटौँडामा सुरु भएको तहगत अधिकारको कार्यविस्तृतिकरण सम्बन्धी संगोष्ठी साझा धारणा बनाएर आज सम्पन्न हुँदै छ ।
गोष्ठीमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा हुनुहुन्छ । आजको छलफलमा सातै प्रदेशका मुख्यमन्त्रीहरुको सहभागिता रहने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशले जनाएको छ ।
गत असार १५ र १६ गते पोखरामा बसेको मुख्यमन्त्रीहरुको बैठकका निर्णय कार्यान्वयनका सम्बन्धमा साझा धारणा बनाएर संघीय सरकारलाई दबाब दिन कार्ययोजना बनाउने कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जानकारी दिनुभयो ।
पोखरा बैठकले संघीयता कार्यान्वयनका विषयहरू ६ महिनाभित्र कार्यान्वयन गर्नुपर्ने निर्णय गरेको थियो । त्यो समयसिमा पौष १५ मा सकिदैछ । हिजो तीनै तहको सरकारको संरचनागत जिम्मेवारीका विषयमा क्षेत्रगत रूपमा विज्ञहरूले प्रस्तुतीकरण गरेका थिए ।
छलफलमा संविधानमा व्यवस्था भएको प्रदेश र स्थानीय सरकारको अधिकारका बाँडफाँडका बारेमा साझा धारणा बनाएर जाने सहमति बनेको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,नेपाल नगरपालिका संघ,गाउँपालिका राष्ट्रिय महासंघको संयुक्त आयोजनामा कार्यक्रम भैरहेको हो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ असार २२, आईतवार २२:२९‘जदौ’ मा मुकुन र साम्राज्ञी पछि नीति शाह अनुबन्धित
समाचार२०८२ असार २२, आईतवार २०:४९धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण
समाचार२०८२ असार २२, आईतवार १९:३८राष्ट्रिय सडक संजालसँग जोडियो हुम्लाको सिमिकोट
समाचार२०८२ असार २२, आईतवार १७:३१कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा