बागमती प्रदेशमा विश्वविद्यालय स्थापनाका लागि आवेदन माग

मनहरी (मकवानपुर), ९ असोज ।
बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ कार्यान्वयन गर्दै प्रदेश विश्वविद्यालय स्थापनाका लागि आवेदन माग गरेको छ । प्रदेश सरकारको मातहत रहने गरी प्रदेश सरकारले विश्वविद्यालय स्थापनाका लागि आवेदन माग गरेको हो ।
सामाजिक विकास मन्त्रालयले सार्वजनिक विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि मापदण्ड पुगेका शैक्षिक संस्थाहरुबाट आवेदन पेस गर्न सूचना जारी गरिसकेको छ ।
मन्त्रालयका सचिव भीष्मकुमार भुसालका अनुसार ऐनको कार्यान्वयन गर्दै विश्वविद्यालयका लागि आवेदन माग भएको र सो विषयमा सार्वजनिक, निजी जुनसुकै प्रकृतिका शैक्षिक संस्थाहरुले निवेदन दिन सक्नेछन् । ऐन जारी भएको डेढ वर्षपछि सरकारले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउँदै आवेदन माग गरेको हो ।
सूचनाअनुसार प्रदेश उच्च शिक्षा परिषद्को सचिवालयले सूचना जारी भएको मितिले ३० दिनभित्रमा विश्वविद्यालय स्थापनाका लागि रु एक लाख राजस्वसहित आवेदन पेस गर्न आह्वान गरेको छ । सार्वजनिक विश्वविद्यालय, सामुदायिक विश्वविद्यालय, मानित विश्वविद्यालय र स्वायत्त प्रतिष्ठानले रु एक लाख निवेदन दस्तुर तथा स्वीकृति दस्तुर रु पाँच लाख बुझाउनुपर्ने हुन्छ । उच्च शिक्षण संस्थाले निवेदन दस्तुरबापत रु ७५ हजार र स्वीकृत दस्तुरबापत रु तीन लाख बुझाउनुपर्ने व्यवस्था रहेको छ ।
यसअघि प्रदेश सरकारले हेटौँडामा नै प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि हेटौँडाको मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउन पहल अघि बढाइसकेको छ । सोहीअनुसार प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले एक साताअघि क्याम्पस व्यवस्थापन समिति, प्रशासन, राजनीतिक दल र सरोकारवालासँगको छलफलमा क्यापसलाई विश्वविद्यालय बनाउने सहमतिसमेत बनेको थियो ।
उक्त सहमतिअनुसार मकवानपुर क्याम्पसलाई विश्वविद्यालय स्थापना गर्न क्यापसले आवेदन पेस गर्ने र मापदण्ड पुगेको खण्डमा सो क्याम्पस विश्व विद्यालय कायम हुनेछ । मुख्यमन्त्री जमकट्टेलले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको केन्द्रीय विश्वविद्यालयका रुपमा स्थापना गरी शिक्षा क्षेत्रको विकासमा अग्रसर गराउने तयारी गरिएको बताउनुभयो । उहाँले प्रदेशको विश्वविद्यालयमा प्राविधिक विषय अध्यापन गराइने योजना रहेको जानकारी दिनुभयो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ श्रावण ९, बिहीबार १९:५२संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता
समाचार२०८२ श्रावण ९, बिहीबार १७:५९मानव बेचविखन तथा ओसारपसार विधेयक सम्बन्धी प्रस्ताव स्वीकृत
कला, विचार/मनोरञ्जन२०८२ श्रावण ९, बिहीबार १४:०९‘गुन्यु चोलो : द ड्रेस’को गीतमा नाजिरको दमदार अभिनय, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
कला, विचार/मनोरञ्जन२०८२ श्रावण ९, बिहीबार १३:४४नेपाली फिल्म ‘जेरी: अन टप’ को पोस्टरमा देखियो युवाको संघर्ष र प्रेम कथा