कलाकारहरू सहित करिब २०० जना ‘स्पार्क एड्भेन्चर’मा शैलुङ जाँदै

प्रचुर पर्यटकीय सम्भावना रहेर पनि चल्तीको गन्तव्य नभएकोले उक्त स्थानको प्रचार प्रसारको लागि कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।
कार्यक्रम संयोजक अमर दीप भट्टराईका अनुसार असोजको ११ देखि १३ गतेसम्म हुने स्पार्क एड्भेन्चरमा लोक गायक प्रेम राजा महत, कलाकार गरिमा शर्मा, गायक यश कुमार, लेखक बुद्धिशागर, डा रन्जित बराल, कमेडियन कैलाश कार्की, मोडल रीना थापा मगर, ट्राभलर सिर्जना सिज्जु समेतको सहभागिता रहने छ ।
असोज ११ गते बिहान काठमाडौँदेखि सैलुङको यात्रा सुरु हुनेछ । असोज १२ गते चौँरी गोठ र सैलुङलाई ‘एक्सप्लोर’ गर्ने आयोजकको भनाइ छ । कार्यक्रममा आन्तरिक पर्यटनको खोजी गर्ने, चौँरीसँग जङ्गलमा रात बिताउने, स्थानीय संस्कृति, स्वादिष्ट खाना र नयाँ रमणीय ग्रामीण गन्तव्यहरू पत्ता लगाउने इच्छा भएका सहभागीहरूले सहभागिता जनाउन सक्ने छन् ।
साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकहरूका लागि यातायातको व्यवस्थापन गर्ने कार्य गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउनेदेखि स्पार्कले देशैभरि ड्राइभरसहित सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ ।
गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार गरेर सुरु भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको शैलुङ र त्यहाँको चौँरी गोठलाई केन्द्रित गर्दै आयोजना गर्न लागिएको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ १०, आईतवार १६:५९घुम्न गएका दुई जनाको शव बागमती नदी किनारमा भेटियो
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १०, आईतवार १२:३८बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १०, आईतवार ०७:५५कान्समा नेपाली फिल्मको उपलब्धि, ‘एलिफेन्ट्स इन द फग’लाई जुरी अवार्ड
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १०, आईतवार ०७:५०कान्स फिल्म फेस्टिभलमा सहभागी भएर नेपाल फर्किइन् सुनिता डंगोल









