हाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फन डा. भट्टराईले आफूले गरेको उपचार, अप्रेसन र अनुभवका आधारमा नेपालमा पहिलोपटक हाडजोर्नी तथा नसा रोगसम्बन्धी किताब प्रकाशनमा ल्याएको बताए ।
उक्त पुस्तकमा हाडजोर्नी उपचारका सम्बन्धमा नयाँ विधि र सिद्धान्त उल्लेख गरिएको उनले बताए । डा. लामिछानेले उक्त पुस्तक नितान्त अनुभवको आधारमा लेखिएको भएर सबैले मान्नुपर्छ भन्ने बाध्यता नरहेको बताए । भविष्यमा यो पुस्तकमा उल्लेख भएका कुराहरु सिद्धान्तको रूपमा स्थापित हुने उनको दाबी छ ।
‘आफूले गरेको उपचार र अप्रेसनको आधारमा नेपालमा पहिलोपटक हाडजोर्नी तथा नसा रोगसम्बन्धी किताब प्रकाशन गरेका छौं ।’ उनले भने, ‘यो अन्य प्रकृतिको किताब नभई अनुभवको आधारमा लेखिएको किताब हो । सबैले यसलाई मान्नै पर्छ भन्ने छैन । यहाँ नयाँ विधि र सिद्धान्तको उल्लेख गरिएको छ, जुन भविष्यमा विश्वभर सिद्धान्तको रुपमा विकास हुनेछ भनेर विश्वास लिएका छौं ।’
उनले उक्त किताब दुरदराजमा काम गर्ने चिकित्सकहरुका लागि उपयोगी हुनेमा आफूहरुले विश्वास लिएकोे बताए । मुख्य सिद्धान्तलाई आधार मानेर आफ्नो देशको भौगोलिक अवस्था, उपलब्ध जनशक्ति, सीमित स्रोत साधन र कमजोर आर्थिक अवस्थाका विरामीहरुलाई केही विधि र सिद्धान्त फरक गरेर पनि उस्तै परिणामको उचार र अप्रेसन सेवा दिन सकिन्छ भन्ने ज्ञान प्रदान गर्नु यस पुस्तकको मु्ख्य उद्देश्य रहेको उनले बताए । पुस्तकमा जतिसक्दो कम खर्चमा कसरी हाड जोर्नी सम्बन्धी उपचार दिन सकिन्छ भनेर उल्लेख गरिएको डा. लामिछानेले बताए ।
किताबमा लेखिएका नयाँ कुराहरुका बारेमा उल्लेख गर्दै उनले भने,‘हामीले संसारका विभिन्न देशमा गएर युरोप कोरिया र साथउ अफ्रिका र नेपालका विभिन्न ठाउँमा गएर हामीले सुन्निएको ठाउँमा अप्रेसन गर्दा केही फरक पर्दैन । यति सयको अप्रेसन गर्दा इन्फेक्सन छैन, रिजल्ट राम्रो छ भन्ने कुरा कारण र तथ्यसहित प्रस्तुत गरेका छौं । ओपन फ्याक्चरमा छ घण्टाभित्र आइपुगेको छ भने छ घण्टाभित्र अप्रेसन गर्दा त्यसमा संक्रमण हुँदैन, भएपनि एकदम न्युन र अन्तराष्ट्रिय किताबले मान्यता दिएको छ त्यसको आधारमा मात्र हुन्छ भन्ने तथ्य हामीले यस किताबमा प्रस्तुत गरेका छौं ।’ पुस्तक नेपाली अर्थोपेडिक सर्जनहरुका लागि कोशेढुंगा सावित हुने विश्वास लिएको उनले बताए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै









