क्रिसमसमा प्रभासको ‘सालार’ र शाहरुखको ‘डंकी’ भिड्ने

यसअघि निर्माताले सेप्टेम्बर २८ मा रिलिज मिति घोषणा गरेका थिए । तर पोस्ट-प्रोडक्सनमा काम बाँकी भएको भन्दै प्रदर्शन स्थगित गरिएको थियो । शुक्रबार निर्माण कम्पनी होम्बेल फिल्म्सले नयाँ रिलिज मिति घोषणा गरेको छ ।
नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मले आगामी २२ डिसेम्बर २०२३ लाई नयाँ रिलिज मितिको रुपमा घोषणा गरेको छ । क्रिसमस सप्ताहन्तको यो मितिमा ‘सालार’ शाहरुख खान स्टारर ‘डंकी’सँग जुध्नेछ । यो जुधाईलाई भारतीय फिल्मको ठूलोमध्येको एक भिडन्तको रुपमा लिइएको छ ।
गत वर्ष निर्माताले टिजर सार्वजनिक गर्दै ‘सालार’ दुई भागमा बन्ने बताएका थिए । पहिलो भाग ‘सालार पार्ट वन–सिसफायर’मा प्रभाससहित पृथ्वीराज सुकुमारन, श्रुति हसन शीर्ष भूमिकामा हुनेछन् । केजीएफ र कान्तारलाई निर्माण गरेको हम्बेल फिल्म्सले सालार पनि बनाएको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार ४, बिहीबार ०७:०२कंंगोसँग बराबरीमा रोकियो पोर्चुगल « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार ३, बुधबार २०:३६सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सूचना-प्रविधि२०८३ असार ३, बुधबार १८:०६डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ३, बुधबार १७:१८स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक अघि बढाउन आवश्यक सुझाव दिनुस् :स्वास्थ्यमन्त्री









