Home कला, विचार/मनोरञ्जन अभिनेता अनमोल केसी अस्पतालमा, भोलि म्याद थप गरिने

अभिनेता अनमोल केसी अस्पतालमा, भोलि म्याद थप गरिने

6
0

आज बिदा भएकाले आइतबार जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइने ढुंगेलले जानकारी दिए । केसीविरुद्ध आपराधिक विश्वासघातविरुद्धको कसुरमा मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीको भनाई छ । आपराधिक विश्वासघात गरेको कसुरमा ५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।

अनमोल शुक्रबार भक्तपुर र काभ्रेको सिमानास्थित साँगाबाट पक्राउ परेका हुन् । रावायण फिल्मको ‘हिरो’को भूमिकामा खेल्ने सम्झौता गरेर केसीले १० लाख रुपैयाँ एडभान्स लिएका थिए । तर, उनले फिल्म खेल्न आनाकानी गर्दा आफ्नो करिब डेढ करोड लगानी डुबेको निर्माण युनिटको दाबी छ । फिल्म निर्माणमा आवश्यक अन्य विधामा निर्माण युनिटले ऋण खोजेर १ करोड ५० लाख लगानी गरेको भन्दै निर्माण युनिटले प्रहरीमा उजुरी गरेका थिए ।

उजुरी परेपछि प्रहरीले बोलाउँदा अनमोलले ‘नआउने’ बताएपछि प्रहरीले जाहेरी दर्ता गरेर उनलाई पक्राउ गरेको एसपी रेग्मीले जानकारी दिए । अनमोललाई सुरुमा टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिए पनि पछि अस्पताल पठाइएको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleचीन भ्रमण पूर्णरुपमा सफल : प्रधानमन्त्री
Next articleप्रकासको डेव्यु सिनेमा ‘परदेशी २’ को बाग्लुङमा प्रिमियर सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here