आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ- नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावले पछिल्लो तीन दिनदेखि देशका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो कोशी, मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । रातिको समयमा पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको र नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेकाले अझै केही दिन बदली र वर्षा हुने महाशाखाले प्रक्षेपण गरेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो
खेलकुद२०८३ असार २७, शनिबार ०६:५९स्पेन फिफा विश्वकपको सेमिफाइनलमा « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार २२:४८गणेशका परिवारलाई मिलापत्र गर्न काठमाडौँ सिडिओको दबाब
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार १५:३५उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान









