बाल मनोविज्ञानको कथामा बनेको भिडियो ‘अस्तित्व’ सार्वजनिक

काठमाडौँ। बाल मनोविज्ञानको कथामा बनेको भिडियो ‘अस्तित्व’ सार्वजनिक गरिएको छ। श्रेय अगस्तिको स्वर,संकेत अगस्तिको संगीत र सुविध गुरागाईंको शब्द रचना रहेको गीत राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। सुवास दाहालको प्रस्तुतीमा बनेको भिडियोमा नुर दाहाल,गौरी मल्ल,सपना पोखरेल,अन्जना कुइंकेल पाठक,सुगम भट्टराई,महाबिर पुन (अतिथि कलाकार) र सुवास दाहालको अभिनय रहेको छ।
भिडियोमा संकेत अगस्तिले निर्देशन,खेमनाथ खनालको क्रियटिभ निर्देशन,दिनेश पराजुलीको छायांकन र शिलन लम्सालको सम्पादन र कलर रहेको छ। भिडियो शिशिर भण्डारीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। भिडियो सार्वजनिक कार्यक्रममा सुगम नगर विकास समाजका अध्यक्ष कपिल उप्रेती,नुर दाहालका माता पिता-दिनेश दाहाल र अन्जु पोखरेल,समाजसेवी पासांग तामाङ,कलाकार शिशिर भण्डारी,सुगम नगर महिला समाजका अध्यक्ष यसोदा ढुंगेल,अपाङ्गता मानव अधिकार केन्द्रका जगदीश प्रसाद अधिकारी,लगायत थुप्रै व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अभिनेत्री गौरी मल्लले बाल कलाकार नुर दाहालको खुलेर प्रसंशा गरिन्। नुर दाहाल प्रतिभावान कलाकार हुन्,उनले यस अघि मेरी आमा प्यारी आमा,परिचय लगायतका भिडियोमा आफ्नो अभिनय कुशलता प्रस्तुत गरिसकेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र २७, शनिबार १४:०४बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २७, शनिबार ०८:१३‘कालमाण्डू’को ‘राधा’ गीत सार्वजनिक » Celebrity Nepal
समाचार२०८३ भाद्र २६, शुक्रबार २१:११छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र २६, शुक्रबार १६:३४एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने डा.सुनिल शर्माको घोषणा









