एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित

एसियाली क्रिकेटअन्तर्गत चीनको हाङझाउमा आज सम्पन्न टी२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।
भारतले प्रस्तुत गरेको दुई सय तीन रनको विशाल लक्ष्य पछ्याएको नेपालले नौ विकेटको क्षतिमा एक सय ७९ रन मात्र बनाउन सक्यो । यद्यपि भारतविरुद्ध नेपालको खेल प्रदर्शन निकै प्रशंसायोग्य थियो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए । यसैगरी कुशल भुर्तेलले २८, आसिफ सेखले १०, कुशल मल्लले २९, कप्तान रोहित पौडेलले तीन, सन्दीप जोराले २९, सोमपाल कामीले सात, गुल्शन झाले छ, करन केसीले अविजित १८ तथा सन्दीप लामिछानेले पाँच रन बनाए।
भारतका खेलाडीहरु रवी बिस्नोई र अभेष खानले समान तीन/तीन विकेट लिए । अर्शदीप सिंहले दुई र साई किशोरले एक विकेट लिए ।
यसअघि टस जितेर भारतले पहिले ब्याटिङ गरेको थियो । भारतका लागि यशस्वी जयसवालले एक सय रन बनाए । उनले ४९ बलमा शतक बनाएर नेपालमाथि दबाब बनाएका थिए । साथै ऋतुराज गायक्वाडले २५, शिभम दुबेले २५ तथा रिन्कु सिंहले आक्रामक ३७ रन बनाए ।
नेपाली बलर दीपेन्द्रसिंह ऐरीले दुई, सन्दीप लामिछाने र सोमपाल कामीले समान एकएक विकेट लिएका थिए । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिर भएको छ भने भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १, शुक्रबार १७:४५“खुला पत्र” पोस्टपेड सिममा लाग्ने मासिक रेन्टल शुल्क हटाउने/ घटाउने सम्बन्धमा
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १, शुक्रबार १६:४१‘पेन्सन पट्टा’ को पहिलो गीत सार्वजनिक, दयाहाङ, बुद्धि र विल्सनसँगै गौमाया
खेलकुद२०८३ श्रावण १, शुक्रबार १४:१४विश्वकप २०२६ फाइनलमा स्लाभ्को भिन्चिच मुख्य रेफ्रीमा
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण १, शुक्रबार १२:२२आजदेखि शिक्षा र स्वास्थ्यमा थपियाे ३ प्रतिशत कर









