अशोक ईन्टरप्राईजेजद्धारा १३ जना किसानलाई पुरस्कृत, नगर स्तरिय समुहलाई १ लाख ५० हजार सहयोग

धादिङबेशी । धादिङबेशीमा व्यावसायिक ब्रोइलरहरूको लागि आवास ब्रोडिङ व्यवस्थापन सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । अशोक ईन्टरप्राईजेज धादिङको आयोजनामा संचालन गरिएको तालिममा ईन्टरप्राईजेज सँग आवद्ध रहेका व्यवसायिहरुलाई तालिम प्रदान गरिएको हो ।
धादिङबेशी सिरानबजारमा रहेको अशोक ईन्टरप्राईजेजले हरेक बर्ष आफ्ना किसानहरुलाई जाडो याम र गर्मी याममा गर्दै आएको कुखुरा पालन तालिम यस बर्षको जाडो यामको तालिम आज सम्पन्न गरेको हो । तालिममा भ्याली ग्रुप अन्तरर्गतका टेक्निकल कन्सलटेन्ट डा. सक्षम पाण्डे, डा.अरविन्द्र श्रेष्ठ, कला पन्त (पाण्डे) ले ब्रोइलर कुखुराको व्यवसाय गर्दै आएका व्यवसायिहरुलाई ब्रोइलर कुखुरा पाल्नको लागि खोर कसरी तयार पर्ने, चल्ला हुर्काउनको लागि के के कुरामा ध्यान दिने, कस्तो रोग लाग्दा कस्तो औषधि प्रयोग गर्ने लगाएतको विषयमा जानकारी गराउनुभएको थियो ।
कुखुरा पाल्ने किसानहरुलाई ब्यवसायीक क्षमता अभिवृद्धि गर्ने उदेश्यले ६/६ महिनामा यस किसिमको तालिम आयोजना गर्ने गरिएको अशोक ईन्टरप्राईजेजका प्रोपाईटर अशोक बस्नेतले बताउनु भयो । कार्यक्रममा उत्कृष्ट १३ जना किसानलाई पुरस्कृत समेत गरिएको थियो । ईन्टरपाईजेजले व्यवसायीक योजना साटासाट गर्ने उदेश्यले नगर स्तरिय समुह बनाई हरेक बर्ष १ लाख ५० हजारका दरले गरिने सहयोग रकम समेत हस्तान्तरण गरिएको प्रोपाईटर अशोक बस्नेतले जानकारी दिनुभयो ।
अशोक ईन्टरप्राईजेजले हरेक बर्ष आफ्ना किसानहरुलाई कुखुरा पालन सम्बन्धि तालिम संचालन गर्दै आएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै









