कोशी प्रदेशको मुख्यमन्त्रीका लागि भोलिसम्म समय थप

विराटनगर- कोशी प्रदेशकोमुुख्यमन्त्री नियुक्तिका लागि शनिबार बिहान ८ बजेदेखि २ बजेसम्म परिचय खुल्ने प्रमाणसहित उपस्थित हुन प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ ।
मुख्यमन्त्री पदका लागि बिहीबार नेपाली कांग्रेसका तर्फबाट निर्वाचितप्रदेशसभा सदस्य केदार कार्की र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले ४७÷४७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दावी पेश गर्नुभएको थियो ।
प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री पदका लागि असोज २० गते गर्नुभएको आह्वानमा दुई सदस्यले दाबी पेश गर्दा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर दोहोरिएपछि शनिबार परिचय खुल्ने प्रमाणसहित उपस्थित हुन आज विज्ञप्तिमार्फत आह्वान गर्नुभएको हो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ३१, आईतवार ११:४८अष्ट्रेलियाकाे विजयी सुरुआत « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ३१, आईतवार ११:१५रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण
समाचार२०८३ जेष्ठ ३१, आईतवार ०७:५०विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
खेलकुद२०८३ जेष्ठ ३०, शनिबार २१:०३वर्ल्डकपमा मेरो फेभरेट देशले खेलेकै छैन: प्रधानमन्त्री « रिपोर्टर्स नेपाल









