एनआरएनएनको महिला संयोजक पदमा गायिका देविका केसीको उम्मेदवारी

काठमाडौँ। चर्चित लोक तथा दोहोरी गायिका देविका केसीले गैरआवासीय नेपाली संघ (एनआरएनएनए) को महिला संयोजक पदमा उम्मेदवारी दिएकी छन् । विश्वभरि छरिएर रहेका महिलाहरूलाई एक सुत्रमा बाँध्दै एनआरएनएको अभियानमा जोडेर हरेक महिलालाई आइपर्ने सबै किसिमका समस्यामा आवश्यक सहयोगका लागि पिल्लर बनेर उभिने प्रतिबद्धतासहित उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) को (२०२३–०२५) का लागि महिला संयोजक पदमा उम्मेदवारी दिएकी हुन् ।
दुई दशकभन्दा बढी समय नेपाली लोक तथा दोहोरी गीत क्षेत्रमा बिताएकी सर्जक तथा गायिका केसी सांगीतिक क्षेत्रमा चिर परिचित नाम हो । क्यानडालाई स्थायी बसोबास बनाउँदै आएकी केसी मौलिक लोक संस्कृति संस्कार सम्वर्द्धनको पर्यायवाची जस्तै मानिन्छन। थुप्रै गीतमा कोकिल कण्ठ आवाज दिएकी केसीले आफू नेपालदेखि विश्वका धेरैजसो देशमा सांगीतिक प्रस्तुतिका लागि पुग्दा नेपाली महिलाहरूका पीडा तथा अप्ठ्यारा नजिकबाट प्रत्यक्ष देखेको बताइन् ।
प्रवासको बसाइका क्रममा कतारमा रहँदा एनसीसी कतारको महिला उपाध्यक्ष हुँदै एनआरएनए आइसीसी सदस्य पदमा समेत रहेर काम गरेको अनुभवका आधारमा महिला संयोजक पदमा उम्मेदवारी दिएको उनले बताइन्।

‘नारी सशक्तीकरण हाम्रो अभियान, कला भाषा संस्कृति हाम्रो पहिचान’ भन्ने मूल नारा लिएर उम्मेदवारी घोषणा गर्नुभएकी केसीले आफ्ना पवित्र सपनाहरूलाई साकार बनाउन सबैको साथ, सहयोगको अपेक्षासहित अमूल्य सुझावको अपेक्षा पनि गरेको बताइन् ।
महाधिवेशनमा विश्वका ८० बढी देशबाट झण्डै ४२ सय एनआरएन प्रतिनिधिले ‘अनलाइन’ भोट हाल्दै छन् । सांस्कृतिक कार्यक्रमको सन्दर्भमा ५० भन्दा बढी देशमा पुगेर नेपालीको समुदायलाई भेटेका कारण पनि अहिले आफ्नो उम्मेदवारीप्रति धेरैको सदभाव र सहयोग पाएको केसीले बताइन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १०, बुधबार १७:४६बाढीमा परी घाइते भएकाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार जारी
कला, विचार/मनोरञ्जन२०८३ भाद्र १०, बुधबार १६:०९‘टक्सिक’को सुरुवात आक्रामक, व्यापार बलियो तर दर्शक प्रतिक्रिया मिश्रित
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र १०, बुधबार १२:५८ट्रमा सेन्टरका ७ चिकित्सक औषधि सहित रसुवाको बाढी क्षेत्रतर्फ हिँडे
समाचार२०८३ भाद्र १०, बुधबार ११:४४बाढीले धादिङको गल्छीमा झोलुङ्गे पुल बगायो, खोला किनारका क्षेत्र उच्च जोखिममा









