राष्ट्रपति पौडेलबाट पलाञ्चोक भगवतीको दर्शन

काभ्रे- राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्ठमीको अवसरमा आज काभ्रेको पाँचखाल नगरपालिका-९ स्थित पलाञ्चोक भगवती मन्दिरमा पाठपूजा एवं दर्शन गर्नुभएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट विरेन्द्र शान्ति तालिम केन्द्रमा अवतरण गरी परिवारका सदस्यहरुसहित मन्दिर परिसदमा पुग्नुभएको हो ।
राष्ट्रपति पौडेललाई जिल्ला समन्वय प्रमुख दिपक गौतम,पाँचखाल नगरपालिका नगर प्रमुख महेश खरेल, प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा, जनप्रतिनिधि एवं समितिका प्रतिनिधिहरुले स्वागत गर्नुभएको थियो ।
उहाँले करिब १५ मिनेटसम्म मन्दिर परिषदमा पाठपूजा गर्नुका साथै मन्दिरको बस्तुअवस्था बारे जानकारी लिनुभएको थियो ।
पलाञ्चोक भगवतीको मन्दिर आजभन्दा करबि एक हजार ६ सय ५५ वर्ष पहिले अर्थात् इस्वी संवत् ४२५ मा नर्मिाण भएको हो ।
पलाञ्चोक भगवतीलाई भगवतीको जेठी दिदीको रुपमा समेत चनिने गरेको छ ।
भगवतीको मूर्ति मध्ये सबैभन्दा पुरानो र दाहिने हातबाट निर्माण गरिएको भगवतीको मन्दिर भएकोले पनि अन्य भगवतीहरु मध्ये पलाञ्चोक भगवती वढी चर्चा हुने गरेको छ ।
पलाञ्चोक भगवतीको दर्शन गर्नाले मनले चिताएको कुराहरु पुरा भएको भन्दै नेपालका विभिन्न स्थानबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार १३, शनिबार १९:४२विकास बोर्डको २६औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा वृक्षारोपण कार्यक्रम
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १३, शनिबार १५:२६तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव
कला, विचार/मनोरञ्जन२०८३ असार १३, शनिबार ११:१८‘लज्जावती’ मा मुकुन,श्री कृष्ण,मेनुका र जानुका
सूचना-प्रविधि२०८३ असार १३, शनिबार ११:०३राज्यकाे अर्बाैँ रकम बचत हुनेगरी सफ्टवेयरकाे लागि छुट्टै कार्यालय खोल्दै सरकार









