चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ लाई टीकाको दिन पनि राम्रो शोज

काठमाडौँ। गत शनिबारबाट प्रदर्शनमा आएको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । शनिबार र आइतबार हलमा चलचित्र हेर्ने दर्शकको ठुलो भिड देखिएको थियो । आज सोमबार पनि सिनेमा हेर्ने दर्शकको संख्या घटेको छैन ।
मंलगबार भोली बडादशैंको टीकाको दिन भएकाले नेपाल भरका चलचित्र घरले बिहानी शोमा हल बन्द रहने गरेता पनी दिउँसोबाट पुन: सञ्चालनमा आउने छन् । टीकाको दिन पनि सिनेमाले उच्च शो पाएको छ ।
काठमाडौंस्थित कमलपोखरीमा रहेको बिग मुभिजले दिउँसो १२ बजेबाट हल सञ्चालनमा ल्याउने गरि शो निकालेको छ । देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले दरबार सिनेम्याक्समा २ बजे र इटहरीको सिनेफिल्क्सले १२:३० बाट पहिलो शो खोलेको छ । अरु धेरै हलले २ बजेपछि मात्रै हल सञ्चालनमा ल्याउने गरी शो खोलेका छन् ।
काठमाडौं र मोफसलमा गरी दशैंको टीकाको दिन पनि सिनेमा हलले ‘पशुपति प्रसाद २ : भष्मे डन’को लागि करिब १८० आसपासमा शो खोलेका छन् भने अझै शो बढ्न सक्ने छ । सिनेमाप्रति दर्शकको क्रेज देखेर नै हल सञ्चालकले टीकाको दिन पनि यति धेरै शो दिनुभएको होला निर्देशक दीपेन्द्र के खनालले बताए ।
दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको अभिनय रहेको छ ।
टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, विपिन मल्लको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको सिनेमाका प्रोडक्सन डिजाइनर शंकर पाण्डे हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार १२, शुक्रबार २१:४४आज एम्बाप्पे र हालान्ड आमने-सामने हुँदै
समाचार२०८३ असार १२, शुक्रबार १९:२४नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु
कला, विचार/मनोरञ्जन२०८३ असार १२, शुक्रबार १३:३५नीताको निर्देशनमा बनेको ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक
सूचना-प्रविधि२०८३ असार १२, शुक्रबार १२:०७राज्यकाे अर्बाैँ रकम बचत हुनेगरी सफ्टवेयरकाे लागि छुट्टै कार्यालय खोल्दै सरकार









