‘चौथो मिस्टर इन्टरनेसनल नेपाल २०२३’ अभिषेकले जिते अन्तराष्ट्रिय अवार्ड

काठमाडौँ। ‘चौथो मिस्टर इन्टरनेसनल नेपाल २०२३’ अभिषेक चुडालले अन्तराष्ट्रिय अवार्ड चुमेका छन्। चुडालले फिलिपिन्सको बागुयो शहरको कोर्डिलेरा कन्भेसन हल अफ बागुयो कन्ट्रि क्लबमा सम्पन्न पुरुषहरुको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिष्टर इन्टरनेसनल २०२३ मा मिष्टर कन्जिनियालिटीको अवार्ड चुमेका हुन्। ‘अन्तराष्ट्रिय मञ्चमा पुगेर नेपालका लागि केही न केही लिएरै आउँछु भन्ने सोच काठमाडौंबाट फिलिपिन्सतर्फ लाग्दा नै थियो। टफ कम्पिटिशनमा मिष्टर कन्जिनियालिटी अवार्ड जित्न सफल भएँ’ अभिषेक भन्छन्।
हिमालय एयरलाइन्समा क्याबिन क्रु रहेका अभिषेक यसअघि मिष्टर नेपाल २०२२ मा फस्ट रनर्सअप भएका थिए। अभिषेकलाई मिष्टर नेपालका लागि आधिकारिक संस्था ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जिईंईले सम्पूर्ण तयारी सहित मिष्टर इन्टरनेसनल २०२३ मा नेपालका तर्फबाट सहभागिता गराएको थियो। मिष्टर इन्टरनेसनल २०२३ मा स्पेनका जोस एन्टोनियो क्याम्पोस केलले मुख्य उपाधि चुमेका थिए। मिस्टर इन्टरनेसनल २०२३ मा विभिन्न ३५ देशका पुरुषले स्पर्धा गरेका थिए। प्रतियोगितामा अभिषेकले राष्ट्रिय पोशाक, सुटलगायत नेपाली पहिरन प्रदर्शन गरेका थिए।
काठमाडौंको मूलपानीका २५ वर्षीय चुडालले ग्रुप अफ इभेन्ट इन्टरटनेर्सबाट मिस्टर इन्टरनेसनल नेपाल २०२३ छनोट भई सो अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको तर्पmबाट प्रतिनिधित्व गर्ने अवसर पाएका हुन्। ६ फिट अग्ला अभिषेकले बिजनेस एडमिनिस्ट्रेसन एन्ड ट्राभल एन्ड टुरिजममा ब्याचलर गरेका छन्।
ग्रुप अफ इभेन्ट इन्टरटेनर्स एमआई (मिस्टर इन्टरनेसनल) को आरम्भदेखि फ्रेन्चाइज होल्डर रहेकोले मिस्टर इन्टरनेसनल नेपाललाई सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराउँदै आएको र अभिषेकको सहभागिता त्यसकै निरन्तरता रहेको इन्टरटेनर्सका अध्यक्ष अनुप सक्सेनाले जानकारी गराए। अनुपका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि फिलिपिन्सको तयारी पुरण जोशी, प्रवीणराज जोशी र सुजन जंगमले गरेका थिए भने लोकेसन नेपालका गौतम धिमालले फोटो सुट गरेका थिए।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण १२, मंगलवार ०७:३१बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ११, सोमबार २२:२४‘टेम्के’को निर्माण अन्तिम चरणमा, पुस ९ लाई प्रदर्शन लक्ष्य
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ११, सोमबार २१:५१डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ११, सोमबार १७:१२‘महाराजधिराज’को भिडियो लिक गर्ने स्पटब्वायसँग ५१ लाख क्षतिपूर्ति माग









