‘प्लानेट अप द एप्स’ को नयाँ शृंखलाको ट्रेलर सार्वजनिक

काठमाडौं । हलिउड ब्लकबस्टर ‘प्लानेट अफ द एप्स’को युनिभर्सलाई पुनः ठूलो पर्दामा हेर्न पाइने भएको छ । अघिल्लो भाग रिलिज भएको ६ वर्षपछि ‘किङ्डम अफ द प्लानेट अफ द एप्स’ को ट्रेलर सार्वजनिक भएको छ । यसमा मुख्य पात्र सिजरको छोरा कर्नेलियस फर्किएको छ । अब एप्स मानिसको शत्रु बनेको देखिन्छ ।
झण्डै ५५ वर्ष पुरानो हलिउडको सबैभन्दा शानदार फ्रेन्चाइजीमध्येको एक ‘प्लानेट अफ द एप्स’ले सन् १९६८ देखि दर्शकलाई मनोरञ्जन दिंदै आएको छ । यसअघि यो फ्रेन्चाइजीका नौ सिरिज रिलिज भइसकेका छन् । यो १० औं सिरिज हुनेछ ।
‘किङ्डम अफ द प्लानेट अफ द एप्स’लाई वेस बलले निर्देशन गरेका हुन् । यो फिल्ममा ओवेन टीग, फ्रेया एलन, केभिन डुरन्ड, पिटर म्याकन, विलियम एच. जोस फ्राइडम्यानको अभिनय छ । रिक जाफा र अमान्डा सिल्भरले पटकथा तयार गरेका छन् । भारत र नोपलमा फिल्मको रिलिज मिति भने घोषणा गरिएको छैन । अमेरिकामा भने यो फिल्म २४ मे २०२४ मा प्रदर्शन हुने जनाइएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २, सोमबार १०:०३‘परालको आगो’को गीत ‘उडि जाउँ भने, म पन्छी होइन’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १, आईतवार २०:२१चलचित्र ‘जिरो डिग्री’ को पोखराबाट छायाङ्कन सुरु
समाचार२०८२ चैत्र १, आईतवार १८:१४डिभिजन वन कार्यालय धादिङद्धारा वन डढेलो सचेतना सप्ताह सुरु
समाचार२०८२ चैत्र १, आईतवार १८:०७नीलकण्ठ बहुप्राविधिक शिक्षालयमा ३९० घण्टे सिपमूलक तालिम सम्पन्न, डिप्लोमा तहका प्रशिक्षार्थीलाई विदाई








