विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा

काठमाडौं- भारतमा जारी १३औं संस्करणको आइसीसी एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ । भारत, दक्षिण अफ्रिका र अस्ट्रेलियाले अन्तिम चारका लागि स्थान पक्का गर्दा चौथो स्थानमा न्युजिल्याण्डले स्थान बनाएको छ ।
यसअघि नै न्यूजिल्याण्ड अन्तिम चार नजिक पुगे पनि पाकिस्तान इंग्ल्याण्डसग पराजित हुदा मात्रै न्यूजिल्याण्डको स्थान पक्का भएको हो । हिजो पाकिस्तान इंग्ल्याण्डसग ९३ रनले पराजित हुदा पाचौ स्थानमा सिमित बन्यो ।
यो सँगै भारत शीर्ष स्थानका साथ सेमिफाइनलमा प्रवेश गर्दा दक्षिण अफ्रिका दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा रहँदा न्यूजिल्याण्ड चौथो स्थानमा रहँदै सेमिफाइनल खेल्ने छन् ।
अब सेमिफाइनलमा शीर्ष स्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्यूजील्याण्डको प्रतिस्पर्धा हुने छ । दुवैबीचको सेमिफाइनल खेल आगामी बुधबार मुम्बईस्थित वान्खडे स्टेडियममा हुनेछ ।
त्यस्तै दोस्रो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच कोलकोतास्थित इडेन गार्डेन स्टेडियममा विहिबार हुने छ । दुवै खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे हुनेछन् । फाइनल अर्को आइतबार हुनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार ११, बिहीबार १८:५५रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
खेलकुद२०८३ असार ११, बिहीबार ०८:३०नेपाली फुटबललाई इतिहासकै ठूलो झड्का, कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने
समाचार२०८३ असार १०, बुधबार १९:०३त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ
कला, विचार/मनोरञ्जन२०८३ असार १०, बुधबार १५:१४‘कार्की साइँला’को प्रदर्शन मिति परिवर्तन, असोज २ गतेदेखि प्रदर्शनमा आउने









