डा. ओम फाउन्डेन्सनद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ, १ मङ्सिर । डा. ओम फाउन्डेन्सनले महोत्तरी जिल्ला बलवा नगरपालिका–१० धमौरामा मुटुरोगसम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्ने उद्देश्यले मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा स्थापित सो फाउन्डेसनको औपचारिक सुरूआत गर्दै स्वास्थ्य शिविरको आयोजना गरेको जनाइएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उद्घाटन गरेको सो शिविरमा कूल चार सय २८ जनाको मुटुरोगसम्बन्धी (इसिजी, इको, ब्लड सुगर, लिपिडलगायतका) परीक्षण गरिएको थियो । त्यसमा इको दुई सय ४२ जना, इसिजी तीन सय २५ जना, सुगर तीन सय ४० जनाको जाँच गर्नुका साथै चार सयभन्दा बढी बिरामीलाई औषधि प्रदान गरिएको फाउण्डेसनले जनाएको छ ।
फाउन्डेसनका संस्थापक अध्यक्ष डा. अनिलको नेतृत्वमा काठमाडौँबाट गएका डा. अभिषेककुमार यादव, डा. पूजासिंह, डा. ओम मूर्ति निखिल, गौरवसिंह, पार्वती भगत, सत्यम्कुमार गुप्ता, राजनकुमार गुप्तालायतका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीसहित करिब ४० जना स्थानीय स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरी तीन दिनसम्म बिरामीको स्वास्थ्य जाँच गरिएको थियो ।
शिविर सञ्चालनकै क्रममा डा. अनिललाई बलवा नगरपालिकाले अभिनन्दनसमेत गरेको थियो । चिकित्सा पेसामार्फत गरेको जनसेवा तथा आमनेपालीको स्वस्थ जीवनशैलीका निम्ति उहाँले सञ्चालन गर्दै आएको सचेतनामूलक अभियानले विश्व कीर्तिमान कायम गरेका सन्दर्भमा उनको गृहनगर बलवा नगरपालिकाले अभिनन्दन गरेको हो ।
सो अवसरमा डा. अनिलले आगामी दिनमा देशका विभिन्न जिल्लाका ग्रामीण तथा दूरदराजमा रहेका जनताको सेवाका निम्ति रचनात्मक कार्य गर्ने र आफूले लेखेको पुस्तक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त हुने रकम फाउन्डेसनमार्फत असहाय वृद्धवृद्धाका निम्ति खर्च गर्ने बताए ।
फाउन्डेसनमार्फत काठमाडौँको वसुन्धारास्थित केन्द्रीय कार्यालयबाट निःशुल्क टेलिमेडिसिनको सेवा प्रवाह गर्दै आएको छ । हालसम्म वैदेशिक रोजगारीमा रहेका र स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका करिब तीन सय जनाले निःशुल्क टेलिमेडिसिनको सेवा प्राप्त गरिसकेका छन् । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
सूचना-प्रविधि२०८३ श्रावण ३, आईतवार १४:२७फेसबुकमा देखियाे समस्या
खेलकुद२०८३ श्रावण ३, आईतवार १२:१२मेसी र यामालको क्रेजमा फिफाको अर्बौँको व्यापार
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ३, आईतवार १०:४३‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य
समाचार२०८३ श्रावण ३, आईतवार ०८:२५मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना








