चलचित्र ‘रेड अन’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘रेड अन’को टिजर सार्वजनिक गरिएको छ । ट्राफिक नियमलाई पालन गर्नुपर्ने सन्देश बोकेको चलचित्रलाई यज्ञजंग विके(आयुष बिसी) ले निर्देशन गरेका हुन्। चलचित्रको टिजर ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । चलचित्रमा किशोर खतिवडा, दीपक थापा, सिर्जना कार्की, खगेन्द्र नेपाल, हेमराज घर्ती, खगेन्द्र सुवेदी, कमल ज्ञवाली, आशिष ओली, वर्षा श्रेष्ठ, विक्रम घिमिरे र वीरेन्द यादवको अभिनय छ ।
निर्देशक विकेले विना सवारी चालक अनुमति पत्र सवारी चलाएको अवस्थामा दुर्घटना हुँदा कतिसम्म सास्ती भोग्नुपर्छ भन्ने कुरालाई चलचित्रमा समावेश गरिएको बताए । सार्वजनिक टिजरमा चलचित्रका प्रमुख कलाकारहरुलाई स्थान दिइएको छ ।
विकास चौधरीको संगीत, खगेन्द्र सुवेदीको कथा र सिड गौतमको पटकथा रहेको चलचित्रमा सम्राट थापाको पार्श्व संगीत, राज गौतमको सहायक निर्देशन, सुजन विश्वकर्माको छायांकन छ । चलचित्रमा आभाष गिरी र रमेश बंगोसाई सह–निर्माता तथा खगेन्द्र सुवेदी निर्माता छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार १२, शुक्रबार १३:३५नीताको निर्देशनमा बनेको ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक
सूचना-प्रविधि२०८३ असार १२, शुक्रबार १२:०७राज्यकाे अर्बाैँ रकम बचत हुनेगरी सफ्टवेयरकाे लागि छुट्टै कार्यालय खोल्दै सरकार
कला, विचार/मनोरञ्जन२०८३ असार १२, शुक्रबार ०९:५६दिनेश केसीको ‘दोलखा सिङ्गटी’ | Celebrity Nepal
खेलकुद२०८३ असार १२, शुक्रबार ०९:०७जापान र स्विडेन नकआउट चरणमा « रिपोर्टर्स नेपाल









