काभ्रेको शिर मेमोरियल अस्पतालमा क्यान्सर रोगको उपचार सुरु

काभ्रेको शिर मेमोरियल अस्पतालमा क्यान्सर रोगको उपचार सुरु

काठमाडौं । काभ्रेपलाञ्चोकको पुरानो अस्पताल बनेपास्थित शिर मेमोरियल अस्पतालमा क्यान्सर रोगको उपचार सुरु भएको छ ।

अस्पतालमा आइतबारदेखि सबै प्रकारका क्यान्सर रोगको उपचार सेवा थालिएको हो । काभ्रेपलाञ्चोकमै उपचार सेवा सुरु भएसँगै क्यान्सर बिरामीलाई भक्तपुर र काठमाडौँ पुग्नुपर्ने बाध्यता हटेको छ ।

क्यान्सर बिरामी हुँदा कुनैपनि व्यक्तिले भोग्नुपर्ने आर्थिक, सामाजिक र व्यवहारिक कठिनाइलाई न्यूनीकरण गर्दै उपचारमा सहजता ल्याउन क्यान्सर रोगको उपचार सुरु गरिएको अस्पतालका क्यान्सर केयर कोअर्डिनेटर डा.ध्रुव कँडेलले बताए ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा।हेक्टर गायरसले सबै प्रकारका क्यान्सर रोगको उपचार र रोकथामका लागि स्थानीयस्तरमै सेवा विस्तार गरिएको जानकारी दिए ।

विभिन्न प्रकारका रोगको उपचार हुने मध्यपहाडी क्षेत्रमा सबैभन्दा पुरानो विसं २०१७ मा स्थापित उक्त अस्पतालमा हाल एक सय ५० शय्याबाट उपचार सेवा प्रदान गर्दै आएको छ । स्क्यान्सर रोगका बिरामीलाई अन्यत्र पठाउन नपर्ने गरी १२ शय्याको विभागबाट उपचार सेवा सुरु गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा.एन्जिला बस्नेतले बताए ।

उनका अनुसार सुरुमा क्यान्सर रोगको पहिचान गर्ने र प्रमाणित भएमा त्यसको उपचारार्थ ‘केमो–थेरापी’लगायतका बाल क्यान्सर, रगत क्यान्सर, रेडियोलोजी, प्याथोलोजी, भ्याक्सिन, सर्जरी तथा क्यान्सरको उपचार सेवा प्रदान गरिने छ । यस्तै उक्त रोगको उपचारका लागि अस्पतालले छुट्टै भवन, थप अत्याधुनिक मेसिन र दक्षजनशक्तिको व्यवस्थापनमा जुटेको जनाएको छ । साथै अस्पतालले वार्षिक, दुई वार्षिक, त्रैवार्षिक र पञ्चवर्षीय योजना लिएर क्यान्सर रोगका बारेमा सम्पूर्ण उपचार गर्ने गरी योजना बनाएको छ ।

“क्यान्सरको उपचार सेवा पनि महँगो छैन”, बस्नेतले भने । उनले महिलालाई हरेक महिना एकपटक आफैँ ‘ब्रेस्ट चेक’ गर्न अनुरोध पनि गरे ।

नेपालमा वार्षिक २० हजारभन्दा धेरै नागरिक क्यान्सर रोगबाट सङ्क्रमित हुने गरेको तथा वार्षिक १४ हजार नागरिकको यही रोगका कारण निधन हुने गरेको तथ्याङ्क छ । तथ्याङ्कअनुसार नेपालमा एक चिकित्सकले सहरी क्षेत्रमा १२ हजार र ग्रामीण भेगका एक लाख ५० हजार नागरिक हेर्नुपर्ने अवस्था रहेको छ ।

यो पनि पढ्नुहोस् :  नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारण सभा,गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार शर्मा सम्मानित

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   8   =