विकास निर्माणको क्षेत्रमा बेथिति देखियो: सभापति खतिवडा

ओखलढुंगा – प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं ओखलढुंगाका सांसद रामहरि खतिवडाले ओखलढुंगामा विकास निर्माणको क्षेत्रमा बेथिति देखिएको बताउनुभएको छ ।
स्थानीय तहका जनप्रतिनिधिसहित जिल्लाका सरकारी कार्यालयसँगको बैठकमा उहाँले विकास निर्माणका काम सुरु हुने तर पूरा नहुने प्रवृत्ति देखिएको बताउनुभएको हो ।
सभापति खतिवडाले जिल्लामा विकास निर्माणका क्षेत्रमा बदमासी हुन नदिन र बदमासी भेटिए माफी दिन नसकिने बताउनुभयो । उहाँले विभिन्न वहाना बनाएर काम नगर्ने ठेकेदारलाई यो त्यो नभनी कान समाएर काममा लगाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभयो । सोही क्रमममा उहाँले जिल्लाका सरकारी कार्यालयहरुलाई त्रैमासिक रुपमा स्थानीय, प्रदेश र संघ सरकारलाई प्रगति प्रतिवेदन बुझाउन समेत निर्देशन दिनुभएको थियो ।
उक्त बैठकमा जिल्ला सदरमुकाममा रहेका सरकारी कार्यालयहरुले प्रगति विवरण प्रस्तुत गरेका थिए । बजेट अभाव, दरबन्दी अनुसारका कर्मचारी नभएकोलगायतका समस्या कार्यालय प्रमुखहरुले सुनाएका थिए । बैठकमा स्थानीय सरकारका प्रमुखहरूले जिल्लाका विकास बजेट सञ्चालन गर्ने कार्यालयहरु योजना सञ्चालन गर्दा जानकारी नै नदिने र अपारदर्शी ढंगबाट काम गर्ने गरेको बताएका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान









