एकीकृत जनस्वास्थ्य अभियान सञ्चालन

मान्म (कालिकोट), १३ मङ्सिर । कालीकोटको पचालझरना गाउँपालिमा सञ्चालन गरिएको एकीकृत जनस्वास्थ्य अभियान तथा विषेशज्ञ स्वास्थ्य शिविरबाट नौ सय ७० ले सेवा लिएका छन् ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजना तथा पचालझरना गाउँपालिकाको समन्वय सञ्चालन भएको दुई दिने (सोमबार र मङ्गलबार) निःशुल्क शिविरबाट नौ सय ७० ले सेवा लिएका हुन् । सेवा लिनेमा छ सय ८५ महिला र दुई सय ८५ पुरुष रहेका छन् ।
आँखा उपचार सेवा लिनेमा तीन सय २३, स्वास्थ परीक्षण तथा उपचार सेवा लिनेमा चार सय ८४ जना रहेका जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कटकबहादुर महतले जानकारी दिए । उनका अनुसार दन्तरोग तथा मुख स्वास्थ्य सेवा लिनेमा ९२, क्षयरोगको नमुना सङ्कलन गरिनेमा ७०, तथा स्त्री तथा प्रसूति रोग सेवा लिनेमा दुई सय ३३ रहेका छन् ।
“नौ जनामा रिङ पेसरी राखेको, ३६ मा भिएलए टेष्ट, प्रयोगशाला सेवा लिनेमा दुई १० छन्”, उनले भने, “भिडियो एक्स–रे दुई सय ८८ ले लिएका छन् ।” प्रमुख महतले १० जना पुरुष बध्याकरण गरिएको, एक महिलाको सामान्य शल्यक्रिया गरिएको, १४ ज्येष्ठ नागरिकलाई वालक्किङ उपचारविधि गरिएको जानकारी दिए । उनका अनुसार शिविरमा निःशुल्क औषधि वितरण, मनोसामाजिक परामर्श सेवा, कुष्ठरोगको नमुना सङ्कलन र इसिजी सेवा दिइएको थियो ।”
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, जिल्ला अस्पताल कालिकोट तथा जिल्ला आँखा उपचार केन्द्र कालीकोटको टोलीले सेवा दिएको थियो । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १०, आईतवार १२:३८बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक
खेलकुद२०८३ जेष्ठ ९, शनिबार ०७:०१हैदरावाद ५५ रनले विजयी « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ८, शुक्रबार २२:५९क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित









