नागरिकले व्यवस्थाभन्दा पनि विकास र समृद्धि खोजेका छन् : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले कृषि क्षेत्रको रुपान्तरणका लागि समुदायमा आधारित अनुदान कार्यक्रम लागू गर्ने तयारी गरिरहेको बताउनुभएको छ ।
मकवानपुरको थाहा नगरपालिकामा थाहा नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहिबारदेखि सुरु भएको ‘थाहा महोत्सव’ २०८० को उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले अहिले नागरिकले व्यवस्था परिवर्तनभन्दा पनि विकास र समृद्धि खोजेको बताउनुभयो ।
अहिले व्यवस्था परिवर्तनमा बहस केन्द्रित गर्नुभन्दा पनि विकास र समृद्धिका काममा लाग्नुपर्ने बेला आएको बताउँदै उहाँले नागरिकलाई विकास र समृद्धिका माध्यमबाट शासक वर्ग तथा नेतृत्व कर्ताले आफ्ना विचार, दृष्टिकोण जनतामा लानुपर्ने समय भएको बताउनुभयो । केही व्यक्तिहरु अहिलेको व्यवस्थाविरुद्ध देखिएपनि कालान्तर यसकै पक्षमा रहने भन्दै उहाँले राजतन्त्र ल्याउनुपर्छ भनेर सक्रिय हुनेहरुले अहिलेको व्यवस्थाको मर्म नबुझेको बताउनुभयो ।
थाहा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुरुषोत्तम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं एमाले सचेतक महेश बर्तौला, बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तान, थाहा नगरपाललिकाका नगरप्रमुख विष्णु विष्ट, बागमती प्रदेश प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु लगायतले महोत्सवले यस क्षेत्रका कृषि पर्यटन व्यापार प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । बिहिबारदेखि सुरु भएको महोत्सव मङ्सिर २५ गतेसम्म संचालन हुँदैछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ १६, शनिबार २२:२५नेइमार विश्वकपसम्म पिँडुलाको समस्याबाट मुक्त हुने
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १६, शनिबार १३:५५नेपाल चिकित्सकहरुको सम्मेलन सुरु « रिपोर्टर्स नेपाल
खेलकुद२०८३ जेष्ठ १६, शनिबार १०:१२आज नेपाल र मलेसिया भिड्दै « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १५, शुक्रबार १८:२७जितु नेपालको चलचित्र ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक









