थोपा सिचाईको लागि सल्यानटारको सहकारीलाई पानी तान्ने मेसिन हस्तान्तरण

धादिङ,१५ मंसिर
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ मा रहेको हामी सबैको कृषि तथा बहुउदेश्यीय संस्थालाई कृषि उपकरण हस्तान्तरण गरिएको छ।शुक्रबार गंगाजमुना गाउँपालिका वडा नं–७ निबासी कृष्ण अधिकारीको पहलमा कृषि उपकरण हस्तान्तरण गरिएको हो । अधिकारीको पहलमा कोशती ट्रेडिङ्ग कन्सर्न प्रा.लि मार्फत सौर्य शक्ति बाट १ लाख २० हजार बराबर रकमको पानी पम्प गर्ने मोटर र थोपा सिंचाईको लागी आवश्यक पर्ने च्यानल औजार सहकारी संस्थाका उपाध्यक्ष जनक श्रेष्ठललाई हस्तान्तरण गर्नुभएको हो।
कृषि उत्पादन र उत्पादकत्व वृद्वि गर्नको लागि सहकारीलाई उपकरण सहयोग गरीएको अधिकारीले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो । त्यसैगरी उपकरण बुझ्दै सहकारीका उपाध्यक्ष श्रेष्ठले आगामी दिन पनि सहकारीलाई निरन्तर सहयोग गर्नको लागि आग्रह गर्दै धन्यवाद व्यक्त गर्नुभयो थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार १०, बुधबार ०७:३७बराबरीमा रोकिए इङ्ल्याण्ड र घाना « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ९, मंगलवार २०:४५चलचित्र ‘आइ एम जीत बहादुर’ को रोमान्टिक गीत सार्वजनिक
समाचार२०८३ असार ९, मंगलवार १९:१४विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ९, मंगलवार १५:२९सरकारले गर्याे जलन उपचारलाई देशभरका अस्पतालमा विस्तार








