पाल्पामा बुद्ध भजनमार्फत बुद्ध शिक्षा सञ्चालन

पाल्पा – पाल्पामा भजन तथा संगीतको माध्यमबाट बुद्ध दर्शन, शिक्षा, ज्ञान उपदेश तथा मार्गदशनको प्रचार –प्रसार गर्न नेपाल राष्ट्रिय ज्ञानमाला समिति सक्रिय भएर लागेको छ । जनतालाई शान्ति, सुखी, बनाउन ज्ञानमाला समितिले देशभरी सञ्जाल निर्माण गरी भजन तथा संगीतको माध्यमबाट देश भित्र र बाहिर बुद्ध भजनमार्फत बुद्ध शिक्षा सञ्चालन गर्दै आएको हो ।
नेपाल राष्ट्रिय ज्ञानमाला पश्चिमाञ्चल क्षेत्रीय उप–समितिले केन्द्रीय समितिका पदाधिकारीहरुसँग पाल्पा सदरमुकाम तानसेनमा बुद्ध भजनको अवस्था, ज्ञानमाला समितिको कार्यक्रम, बुद्ध शिक्षा प्रचार–प्रसारमा आइपरेका समस्या तथा चुनौती, आगामी दिनमा समितिले गर्नुपर्ने गतिविधी सहकार्यको बारेमा अन्तक्र्रिया गरिएको छ ।
धर्म चक्र बौद्ध युवा संघ पाल्पाका अध्यक्ष बसन्त बज्राचार्यका अनुसार मनलाई प्रशन्न, खुसी बनाउनु नै जीवन सफल हुनु हो त्यसैले हामीले मन वचन र कर्मलाई खुसी बनाउने एउटै उपाय बुद्ध शिक्षा भएकाले संगीत र भजन मार्फत मानिसहरुलाई जोड्ने महान अभियानमा लागेको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा समितिका बरिष्ठ उपाध्यक्ष विमलबहादुर शाक्य, महासचिव इन्दमुनी शाक्यले एउटा सानो संस्थाबाट शुरु भएको ज्ञानमाला समिति अहिले देशब्यापी रुपमा फैलिएको र हालसम्म १३१ वटा विहार आवद्धता भएको बताउनुभयो ।
कार्यक्रममा बौद्ध धार्मिक अभियन्ता छत्रराज शाक्यले बुद्धका अर्ति उपदेश नै जीवनको मार्गदर्शन भएकाले सबैको सहयोग र सहकार्यबाट अभियान सफल हँर्दै गएको बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार ११:३२निर शाहको ‘कमला मिस’ को पोस्टर सार्वजनिक
खेलकुद२०८३ असार २७, शनिबार ०६:५९स्पेन फिफा विश्वकपको सेमिफाइनलमा « रिपोर्टर्स नेपाल









