चलचित्र ‘पर्खी बसें तिमीलाई’को दोश्रो गीत सार्वजनिक

काठमाडौँ। दीपक श्रेष्ठले निर्देशन गरेको पछिल्लो चलचित्र ‘पर्खी बसें तिमीलाई’को दोश्रो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘चट्ट गाजल’ बोलको गीतमा कृष्ण हरी बरालको शब्द,दीपक शर्माको संगीत र स्मिता दाहालको स्वर रहेको छ। यस चलचित्रबाट अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले डेब्यु गर्दैछन् ।
रोमान्स फिल्म्स र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको चलचित्रमा अनिशा रसाइली, शिव श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरंजन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ । चलचित्रको छायांकन नेपालसँगै सिक्किममा गरिएको छ । चलचित्र काठमाडौँ उपत्यकामा रीच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनिले वितरण गर्नेछन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २८, बिहीबार ०९:५३चलचित्र समीक्षा तथा पत्रकारितासम्बन्धी तीन दिने तालिम सम्पन्न
खेलकुद२०८३ जेष्ठ २८, बिहीबार ०९:०४को हुन राखेपको उपाध्यक्ष नियुक्त भएका गोलकिपर?
समाचार२०८३ जेष्ठ २७, बुधबार १९:०५धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
समाचार२०८३ जेष्ठ २७, बुधबार १४:१७धादिङका पत्रकारद्धारा प्रशासनको मुलगेटमा धर्ना









