प्रधानमन्त्रीका मुख्य सल्लाहकार गजुरेलद्वारा राजीनामा

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिनुभएको छ ।
गजुरेलले २० मंसिरमा राजीनामा दिनुभएको भएपनि अहिलेसम्म स्वीकृत भने नभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
गजुरेलले पार्टीको काममा केन्द्रित हुने उद्देस्यले मुख्य सल्लाहकारको पदबाट राजीनामा दिएको कुरा उल्लेख गर्नुभएको पनि प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । नेकपा माओवादी केन्द्रका उपमहासचिव गजुरेललाई प्रधानमन्त्री प्रचण्डले गत वर्षको माघ ९ गते आफ्नो मुख्य सल्लाहकारमा नियुक्त गर्नुभएको थियो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार १३, शनिबार १९:४२विकास बोर्डको २६औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा वृक्षारोपण कार्यक्रम
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १३, शनिबार १५:२६तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव
कला, विचार/मनोरञ्जन२०८३ असार १३, शनिबार ११:१८‘लज्जावती’ मा मुकुन,श्री कृष्ण,मेनुका र जानुका
सूचना-प्रविधि२०८३ असार १३, शनिबार ११:०३राज्यकाे अर्बाैँ रकम बचत हुनेगरी सफ्टवेयरकाे लागि छुट्टै कार्यालय खोल्दै सरकार









