बाल सङ्गठनलाई कामपाको ३० लाख सहयोग

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नेपाल बाल सङ्गठनलाई रु ३० लाख प्रदान गरेको छ । बालबालिकाको आवास, खाद्यान्न र स्वास्थ्योपचारका लागि रु ३० लाख रकम प्रदान गरिएको हो ।
सङ्घ सरकारबाट प्राप्त हुनुपर्ने रकम समयमा उपलब्ध हुन नसकेपछि दैनिक खाना र स्वास्थ्योपचारमा समस्या भएको गुनासो सुनेपछि कामपाले उक्त रकम उपलब्ध गराएको उपप्रमुख सुनिता डङ्गोलले बताउनुभयो ।
चालु आर्थिक वर्षमा सङ्गठनको २० प्रतिशत लागत सहभागिता हुनेगरी महानगरपालिकाले रु ५० लाख उपलब्ध गराउनेछ । उपप्रमुख डङ्गोलले यसमध्येको ३० लाख, सङ्गठनको अध्यक्ष विद्या न्यौपानेलाई प्रदान गर्नुभएको हो ।
यस क्रममा उपप्रमुख डङ्गोलले भन्नुभयो, “लोककल्याणकारी राज्यमा बालबालिका भोकै बस्नुपर्ने अवस्था हुनुहुँदैन । बाल सङ्गठन व्यवस्थापनको मुख्य दायित्व सङ्घ सरकारका जिम्मेवार मन्त्रालयको हो । यसो भनेर हामी हाम्रो कर्तव्य छोड्दैनौँ । यसका लागि सहयोग रकम उपलब्ध गराएका हौँ ।”
सङ्गठनकी अध्यक्ष न्यौपानेले, सङ्गठनसँग अचल सम्पत्ति भए पनि चल सम्पत्तिको अभाव रहेको उल्लेख गर्नुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
खेलकुद२०८३ असार ६, शनिबार ०९:१४विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित









