नेपाल मेडिकल शिक्षण अस्पतालको प्रवन्ध निर्देशकमा प्रा.डा. अन्सारी नियुक्त

काठमाडौं, १५ पुष । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशक (एमडी) मा प्रा.डा. जैनुद्धिन अन्सारी नियुक्त भएका छन् । गत (शुक्रबार) कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामूहिक निर्णयअनुसार प्रबन्ध निर्देशकमा प्रा.डा. अन्सारीलाई नियुक्त गरेको हो ।
वीरगञ्जको नेशनल मेडिकल कलेजका अध्यक्षसमेत रहेका डा.अन्सारी नेपाल मेडिकल कलेजका समेत सञ्चालक सदस्य हुन् । नवनियुक्त प्रबन्ध निर्देशक डा. अन्सारीलाई कलेजका अध्यक्ष डा. भोला रिजाल, बोर्ड अफ डाइरेक्टरहरू डा. आनन्दप्रसाद श्रेष्ठ, डा. साविहा यासमिन, सहजबाज अन्सारी, प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्री, भाइस–प्रिन्सिपल डा. सृष्टि श्रेष्ठ, अस्पताल निर्देशकद्वय डा. राजेशकिशोर श्रेष्ठ, प्रा.डा. मोदनाथ मरहट्ठा, प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्कालगायतले स्वागत गरेका हुन् ।
पदभार ग्रहण गर्दै अन्सारीले नेपाल मेडिकल कलेजलाई नयाँ उचाइमा लैजाने विश्वास दिलाए । उनले कलेजमा रहेका सबैखाले समस्या र चुनौतिहरुलाई सामूहिक रुपमा हल गरिने बताए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो
खेलकुद२०८३ असार २७, शनिबार ०६:५९स्पेन फिफा विश्वकपको सेमिफाइनलमा « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार २२:४८गणेशका परिवारलाई मिलापत्र गर्न काठमाडौँ सिडिओको दबाब
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार १५:३५उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान









