हमासका उपनेतासहित छ कार्यकर्ता बेरुतमा भएको ड्रोन आक्रमणमा मारिए

लेबनानको राजधानी बेरुतमा भएको विष्फोटमा हमासका उपनेता सालेह अल-अरौरीको मृत्यु भएको छ । हमास नेतृत्व विरुद्ध इजरायलले गरिरहेको सर्जिकल स्ट्राइकका क्रममा लेबनानमा हमासका उपनेता अरौरीको मृत्यु भएको हो ।
इजरायलले यो घटनालाई लेबनान विरुद्धको आक्रमण नभएको जनाएको छ । इजरायली प्रवक्ता मार्क रेभेभले लेबनानको बेरुतमा घटना भए पनि यो विशुद्ध हमास विरुद्धको आक्रमण भएको प्रस्ट्याउनु भएको छ ।
हमासले आफ्ना नेता मारिएकोमा इजरायलको निन्दा गरेको छ । हमासको सहयोगी हेजबुल्लाहले भने यो घटनालाई लेबनानको सार्भभौमसत्ता विरुद्धको आक्रमण भएको बताएको छ ।
यसैबीच लेबनानका प्रधानमन्त्रीले भने इजरायलले लेबनानलाई टकरावमा तान्न खोजेको आरोप लगाउनु भयो । लेबनानी संचार माध्यमहरुका अनुसार हमासका उपनेताका साथै अन्य दुई हमास सैन्य कमाण्डर र चार सदस्य गरी थप ६ जना ड्रोन आक्रमणमा मारिएका हुन् ।
उपनेता अरौरी लेबनानमा आफ्नो समूह र हिजबुल्लाहबीचको सम्बन्धको रूपमा काम गरिरहेका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ३, बुधबार १५:२१विनयराज पौडेलको डेब्यु निर्देशन ‘अक्षरा’को छायांकन सम्पन्न, भदौ २६ मा प्रदर्शन हुने
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २, मंगलवार १४:२६छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत « रिपोर्टर्स नेपाल
खेलकुद२०८३ असार २, मंगलवार १२:१०विश्वकप निःशुल्क हेर्न पाउने व्यवस्था गर्न सरकारसँग माग
कला, विचार/मनोरञ्जन२०८३ असार २, मंगलवार १०:२४रामप्रसाद खनालको नयाँ शिवभजन सार्वजनिक









