ताप्लेजुङमा स्वास्थ्य शिविर राख्दै डा. शर्मा, जटील अवस्थाका विरामीलाई केएमसीमा निःशुल्क उपचार

काठमाडौं, पुस २९ । कांग्रेस नेता एवम प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माले ताप्लेजुङमा स्वास्थ्य शिविरको आयोजना गरेर निःशुल्क स्वास्थ्य सेवा दिने बताएका छन् । नेपाली कांग्रेस ताप्लेजुङले शनिबार सदरमुकाम फुङलिङमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा. शर्माले अस्पतालमा भर्ना हुनुपर्ने अवस्थाका विरामीलाई काठमाण्डौ मेडिकल कलेजमा औषधी र स्वास्थ्य सामाग्री बाहेक निःशुल्क उपचार गरिने जानकारी दिए।
उक्त सेवाका लागि प्राविधिक तयारी थालिएको बताउँदै डा. शर्माले भने, ‘ताप्लेजुङभरका नागरिकहरु, ज–जसको अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने छ, हामी एउटा मिति तोक्छौ, त्यसमा काठमाण्डौ मेडिकल कलेजमा लगेर नि:शुल्क रुपमा उपचार गरेर पठाईदिन्छौँ ।’
सिटि स्क्यान, एमआरआई लगायतका स्वास्थ्य जाँच नि:शुल्क गरेर उपचार सेवा प्रदान गर्ने उनको भनाई छ । यस्तै विराटनगर स्थित नाबेल मेडिकल कलेज विराटनगरमा समेत ताप्लेजुङका विरामीलाई ५० प्रतिशत छुट हुने डा. शर्माले बताए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २७, शनिबार ०६:५९स्पेन फिफा विश्वकपको सेमिफाइनलमा « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार २२:४८गणेशका परिवारलाई मिलापत्र गर्न काठमाडौँ सिडिओको दबाब
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार १५:३५उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो









