गाउँपालिका उपाध्यक्ष जोशीको निधन

बाजुरा- बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको ५० वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।
लामो समयदेखि क्यान्सरबाट पीडित जोशीको स्वामीकार्तिक खापर गाउँपालिका–४ स्थित आफ्नै निवासमा मृत्यु भएको सो गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले राससलाई जानकारी दिनुभयो ।
विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित उपाध्यक्ष जोशीले लामो समयदेखि क्यान्सरको उपचार गराइरहनुभएको थियो । उहाँ नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराको सदस्य पनि हुनुहुन्थ्यो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो
खेलकुद२०८३ असार २५, बिहीबार २२:५८क्वार्टरफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार २५, बिहीबार १९:२०एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १४:०१सुमनको चलचित्र डेब्यू, ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त सम्पन्न








