जिल्ला प्रशासन कार्यालयमै पीडितले साहुलाई कुटे

सिरहा- सिरहाका मिटरब्याज पीडितहरुले सिडिओ कार्यालयभित्रै साहुलाई कुटपिट गरेका छन ।
विहीबार मिटरब्याजको मुद्दामा छलफल भइरहेको बेला पीडितहरुले साहुलाई कुटेका हुन।
कुटपिटबाट सूर्यकुमार यादव घाइते भएका छन । उनको टाउकोमा चोट लागेको छ ।
ऋणी राज कुमार महतो र धनी सूर्य कुमार यादबबीच लेनदेनको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमै भनाभन भएको थियो ।
यादवबाट महतोले सुरुमा ७ लाख रुपैयाँको लेनदेन गरेका थिए । एउटै लेनदेनमा तीन तीन वटा कपाली तमसुक बनाएका यादवले आफ्नै मुद्दा मिलाउनको लागि पटक पटक पैसा मागेर सहमति गरेको पीडितको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयमा छलफलको बेलासमेत ऋणीको कुरा नसुनेपछि आक्रोसित बनेका महतोले यादवलाई कुटेको स्वीकार गरेका छन ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो
खेलकुद२०८३ असार २५, बिहीबार २२:५८क्वार्टरफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार २५, बिहीबार १९:२०एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १४:०१सुमनको चलचित्र डेब्यू, ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त सम्पन्न








