दयाहाङ र दीयाको चलचित्र ‘दयारानी’को टिजर सार्वजनिक

काठमाडौँ। अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको चलचित्र ‘दयारानी’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गरिएको १ मिनेट ४६ सेकेण्ड लामो टिजरमा उनीहरु श्रीमान्-श्रीमतीका रुपमा रहेका छन् ।
सार्वजनिक टिजरमा नि:सन्तान भएकाले दयालाई दोश्रो विवाह गर्न दीयाले प्रेरित गरेको देखाइएको छ । सो क्रममा दयाले दीयाको सो प्रस्ताव अस्वीकार गरेको देखाइएको छ भने अर्को एक दृश्यमा सालीसँग ठट्टा गरेको देखाइएको छ । हास्यप्रदानसँगै केही गम्भिरता प्रदान गरेको सिनेमाको यो टिजरले दर्शकलाई आकर्षित गर्ने देखिन्छ । चलचित्र माघ २६ गतेबाट प्रदर्शनमा आउनेछ । अभिनेता माओत्से गुरुङले यही चलचित्रबाट निर्देशनमा डेव्यु गरेका हुन् ।
बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । चलचित्रमा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।
मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ३०, शनिबार २०:०२अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान
समाचार२०८३ श्रावण ३०, शनिबार १८:१०संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ३०, शनिबार ११:३८‘द एभरेस्ट ड्रीम’ ले अमेरिकामा जित्यो उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ३०, शनिबार ११:३३‘भिजायो फरिया बर्खैले…’ ल्याईन सरिता भारतीले » Celebrity Nepal









