कर्मचारी र प्रहरीबीच भएको घटना छानविन गर्न समिति गठन

काठमाडौँ – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र प्रहरी बीच भएको घटना छानविनका लागि गृहमन्त्रालयले तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।
घटनप्रति मन्त्रालयको गंभिर ध्यानाकर्षण भएको भन्दै उक्त घटना बारेमा छानविन गरी प्रतिवेदन पेश गर्न मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
छानविन समितिमा नेपाल प्रहरीका नायव महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा प्रशासन शाखाका उपसचिव कुल बहादुर जि .सी सदस्य रहनु भएको छ । समितिलाई तीन दिन भित्र राय सहितको प्रतिवेदन पेश गर्न भनिएको छ ।
शुक्रबार विहान त्रिभुवन विमान स्थलको अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई प्रहरीबाट दुर्व्यवहार एवम् हातपात भएको आरोप अध्यागमनका अधिकारीहरुले लगाएका छन् ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २३, मंगलवार १०:५१एक हजारभन्दा बढी लाभान्वित « रिपोर्टर्स नेपाल
खेलकुद२०८३ असार २३, मंगलवार ०८:४७अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश
कला, विचार/मनोरञ्जन२०८३ असार २२, सोमबार १९:१०पारसको बेहुली दिव्या, ‘बेहुली’को पोस्टर सार्वजनिक
समाचार२०८३ असार २२, सोमबार १७:४८त्रिपुरासुन्दरी गाउँपालिकामा जैविक विविधता संरक्षण तथा जलवायु अनुकुलन सम्बन्धी कार्यक्रम सम्पन्न








