मुलुकको समृद्धिमा चिनियाँ सहयोग महत्वपूर्ण–उपाध्यक्ष अर्याल

काठमाडौँ- राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले नेपालको समृद्धि र विकासमा चीनको सहयोग महत्वपूर्ण हुने बताउनु भएको छ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको टोली र नेपाली राजनीतिक दलहरुबीच आज काठमाडौँमा आयोजित संयुक्त परामर्श सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सन् २०२६ सम्म नेपाललाई विकासशील देशका रूपमा विकास गर्ने आफूहरूको लक्ष्य रहेको र त्यसका लागि छिमेकी देश चीनको सहयोग जरुरी रहेको बताउनुभयो ।
नेपाल चीनबीचको सम्बन्ध निकै पुरानो र घनिष्ट भएको उल्लेख गर्दै उपाध्यक्ष अर्यालले चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका राजनीतिक दलहरूबीचको नियमित छलफल, अन्तरक्रिया र आपसी सम्बन्धले दुई देशको सम्बन्ध र सहकार्यमा थप सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा भएको १३ बुँदे सहमतिले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको चर्चा गर्दै उहाँले सहमति कार्यान्वयनका लागि दुवै देशले आवश्यक प्रक्रिया तदारूकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
दुई देशका पार्टीहरूबीच राजनीतिक संवाद, परामर्श र छलफल गर्न विभिन्न मञ्च बनाउँदा आपसी सम्बन्धमा सकारात्मक प्रभाव पर्नेमा जोड दिँदै उपाध्यक्ष अर्यालले त्यसका लागि नियमित उच्चस्तरीय भ्रमण, छलफलले सफलता मिल्ने बताउनुभयो ।
केही महिनाअघि आफूले चीनको स्वायत्त क्षेत्र सिजाङमा आयोजित ट्रान्स हिमालय फोरममा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गरेको स्मरण गर्दै उहाँले नेपालको आर्थिक समृद्धि र विकासका लागि चीनको सहयोग अपरिहार्य रहेको दोहो¥याउनुभयो । भौतिक पूर्वाधार निर्माण, कृषि क्षेत्रमा आधुनिकीकरण, नेपालको उत्पादन निर्यातजस्ता विषयमा छिमेकीको सहयोग अत्यावश्यक हुने उहाँको भनाइ थियो ।
सो अवसरमा चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) अन्तरराष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयान, नेपालस्थित चिनियाँ राजदूत छन सोङलगायतले नेपाल–चीन सम्बन्धका विविध आयामबारे धारणा राख्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला, नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेल, नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाललगायतको सहभागिता थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ९, शनिबार ०७:०१हैदरावाद ५५ रनले विजयी « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ८, शुक्रबार २२:५९क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार ११:१५काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै









