मकवानपुरको सीमभञ्ज्याङ र दामनमा हिमपात

मकवानपुर- मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सीमभञ्ज्याङ क्षेत्रमा बिहिबार साँझ हिमपात भएको छ । दामन सीमभञ्ज्याङ क्षेत्रमा हिमपात भएपछि स्थानीय किसान, होटल व्यवसायीलगायत खुसी भएका छन् ।
इलाका प्रहरी कार्यालय थाहानगरका प्रहरी निरीक्षक यम थापामगरले सीमभञ्ज्याङ क्षेत्रमा साँझदेखि हिमपात सुरु भएको जानकारी दिनुभयो । दामन सीमभञ्ज्याङ क्षेत्रबाट हिश्रृङ्खलासमेत अवलोकन गर्न सकिन्छ ।
पछिल्लो समय थानकोटबाट चन्द्रागिरि हुँदै चित्लाङ, कुलेखानी मार्खु, बज्रवाराही, टिस्टुङ, पालुङबाट दामन सीमभञ्ज्याङसम्म साइकलमा यात्रा गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ ।
यस्तै चन्द्रागिरिमा पनि साँझपखदेखि हल्का हिमपात भएको चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरका पूजारी बिदुर न्यौपानेले जानकारी दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २४, बुधबार ०९:०३रुपेश शर्माको ‘मायाको चिनो’ सार्वजनिक
समाचार२०८३ असार २४, बुधबार ०७:११कफीको सुगन्धसँगै आत्मनिर्भरताको यात्रा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २३, मंगलवार १०:५१एक हजारभन्दा बढी लाभान्वित « रिपोर्टर्स नेपाल
खेलकुद२०८३ असार २३, मंगलवार ०८:४७अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश








