प्रादेशिक अस्पतालमा बिरामीलाई रगत निःशुल्क

काभ्रेपलाञ्चोक, १९ माघ । नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट प्रादेशिक अस्पतालले भर्ना भएका बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्करुपमा उपलब्ध गराउन ब्लड बैंकको सुरुआत गरेको छ ।
बागमती प्रदेश सरकारले २०७९ चैतमा तयार गरेको कार्यविधिअनुसार जिल्ला स्वास्थ्य कार्यालयले मेथिनकोट अस्पतालमा भर्ना भएका बिरामीका लागि आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउन सम्झौता गरेअनुसार ब्लड बैंकको स्थापना गरिएको जनाइएको छ ।
उक्त ब्लड नगरपालिकाका प्रमुख कुन्साङ लामाले बिहीबार एक कार्यक्रमका बीच ब्लड बैंकको शुभारम्भ गरेका हुन्। अस्पतालले ब्लड बैंकका लागि आवश्यक पूर्वाधार व्यवस्थापन नभएका कारण करिब एक वर्ष ढिला भएको जनाएको हो । चालु आर्थिक वर्षको छ महिनापछि बिहीबारदेखि अस्पतालमा भर्ना भएका बिरामीका लागि आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराइने भएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालका अनुसार ब्लड बैंक सञ्चालनसँगै आकस्मिक रुपमा दुर्घटना भएका बिरामीका लागि तथा अन्य अवस्थामा बिरामीलाई सहज हुने अपेक्षा गरिएको छ । ब्लड बैंकको स्थापनापछि सबै प्रकारका रोगको रगत परीक्षण तथा अन्य सेवा उपलब्धसमेत गराउने उद्देश्य रहेको जनाइएको छ ।
यस्तै अस्पतालमा ओपिडी, आकस्मिक तथा शल्यक्रियासहितको सेवा सुरु भइसकेको छ । मिर्गौला रोगीका लागि डायलासिस सेवालाई पनि निरन्तरता दिइएको छ । विसं २०६६ मा स्थापित अस्पतालमा हाल दैनिक एक सयभन्दा धेरै बिरामीलाई सेवा दिने गरिएको छ । अस्पतालले आगामी फागुन ५ गते आफ्नो स्थापनाको अवसरमा सिटी स्क्यान सेवा सुरु गर्ने योजना बनाएको छ ।
अस्पतालमा ब्लड ब्याग र रक्त परीक्षणका लागि आवश्यक शुल्क जिल्ला स्वास्थ्य कार्यालयले रेडक्रस काभ्रेपलााञ्चोकको ब्लड बैंकमार्फत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । कार्यालयले यसै अवसरमा जिल्लास्थित रेडक्रसको ब्लड बैंकमा पनि उक्त सुविधा उपलब्ध गराउने जनाएको छ ।
अस्पतालले सघन कक्ष (आइसियु) र नवजात शिशुको सघन कक्ष (एनआइसियु) सञ्चालनको तयारीमा रहेको अस्पतालले जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा विस्तार गर्दै प्रदेशस्तरीयमा स्तरोन्नति गराइएको उक्त अस्पताल १५ बाट ५० श्ययामा व्यवस्थित गरिएको छ ।
अस्पतालमा हाल हृदयाघातका बिरामीका लागि पहिलो चरणको खोप निःशुल्क उपलब्ध गराइँदै आएको छ भने मानसिक रोगको उपचार, हाडजोर्नी, बाल रोग विशेषज्ञ तथा सम्पूर्ण ल्याब सेवा, रेबिज खोपलगायत नेपाल सरकारले तोकेको दुई सय ५० थरिका औषधि निःशुल्करुपमा उपलब्ध गराउँदै आएको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ १२, मंगलवार १३:३८प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार १०:४१चलचित्र ‘कुम्भ’ को एक्सन प्याक ट्रेलर सार्वजनिक
खेलकुद२०८३ जेष्ठ ११, सोमबार २३:१०पलेशाले दिलाइन् नेपाललाई कास्य
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ११, सोमबार २०:४९‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’ मा गरिमा र संदीप









