मेडिसिटीले सार्वजनिक गर्यो प्रणय दिवसविशेष हेल्थ-प्याकेज

काठमाडौं, २० माघ । प्रतिष्ठित व्यवसायी डा. उपेन्द्र महतोको लगानी रहेको नेपालको एकमात्रै एनएबीएच अस्पताल नेपाल मेडिसिटीले प्रणय दिवसको अवसरमा नयाँ हेल्थ चेकअप प्याकेज ल्याएको छ। यही फेब्रुअरी १ देखि २९ फेब्रुअरीसम्म लागु हुनेगरि मेडिसिटीले १४९०० मा ‘भ्यालेन्टाईन वेलनेस प्याकेज’ ल्याएको हो ।
सो प्याकेज एक खरिद गर्दा अर्को निःशुल्क भनिएको छ । प्रेमिल जोडीलाई लक्षित गरेर प्याकेज बनाईएको हो । सो प्याकेजअन्तर्गत विहानीको खाजा अर्थात् ब्रेकफास्ट समावेश गरिएको छ । अस्पतालले यस वर्षको भ्यालेन्टाईन डे’ को अवसरमा आफ्नो माया गर्ने मान्छेलाई हेल्थ चेकअपको उपहार दिनको लागि प्रेमिल जोडीलाई प्रेरित गरेको छ ।
सो प्याकेजमा महिलाहरुलाई स्त्री रोग विशेषज्ञसँग निःशुल्क परामर्शसहित फिजिसियनसँगपनि निःशुल्क परामर्शको व्यवस्था गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो
खेलकुद२०८३ असार २७, शनिबार ०६:५९स्पेन फिफा विश्वकपको सेमिफाइनलमा « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार २२:४८गणेशका परिवारलाई मिलापत्र गर्न काठमाडौँ सिडिओको दबाब
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार १५:३५उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान









